कोरोना महाराजसँग सपनीमा संवाद
नन्दलाल खरेल
काठमाडौं,बैशाख ९
विश्व कोरोनामय भएको बेला यो पङ्तिकारको पनि मन मनस्थिति, विचार, दृष्टिकोण र लेखन सबै कोरोनामय भएको छ । नेपाललगायत विश्व अर्थतन्त्रमा परेको प्रभाव, सामाजिक, मानवीय क्षति र मनोविज्ञानको क्षेत्रमा परेको असरबारे यहाँ केही विश्लेषण गर्ने प्रयास गरिएको छ । कोरोना शब्द अहिले हरेक मानिस तथा विभिन्न सञ्चार माध्यमहरूमा विश्वमै बढी प्रयोग हुने शब्द अहिले हरेक मानिस तथा विभिन्न सञ्चार माध्यमहरूमा विश्वमै बढी प्रयोग हुने शब्द भएको छ । यो शब्दले विश्वमै बढी प्रयोग हुने शब्द प्रेम (लभ)लाई समेत धेरै पछाडि पारेको छ । हुँदा–हुँदा मोबाइलको रिङटोनमा पनि कोरोनासम्बन्धी सन्देश नै सुनिन्छ । कोरोना भाइरस उदय नभइदिएको भए यो लेख गर्दाको समयमा काठमाडौँको कुनै गल्लीमा जीवनपायनको लागि छिनाझपटी गरिरहेको हुन्थे । गएका केही हप्तादेखि सुनसान सहरका सुनसान गल्लीहरूमा हावा एक्लै हिँडिरहेको छ । गाउँमा पनि त्यस्तै अवस्था छ । यो हावामा कुनै धुलो, धुवा मिसिएको छैन । यति मात्र होइन यो हावामा त्यति धेरै मानिसको गन्ध छैन, वसन्तको सुवास छैन । आजभोलि न बिहानलाई हतार छ, न दिनलाई नै बिहान छिप्पिएको घामसँग मानिसलाई कुनै हतारो छैन । खाना, खाजा र सुत्ने समयमा पनि फेरबेदल आएको छ । मान्छेको दिनचर्या पत्यार नलाग्ने गरी फेरिएको छ ।
केहि दिनअघिको कुरो हो यो पङ्तिकार निदारहेको बेला सपनीमा कोराना महाराजसँग भेट भएको थियो । उनीसँग लामो संवाद भएको थियो, अनेकौं सवाल जवाफ भएको थियो । त्यति मात्र होइन कुराकानीमा भएका अनेकौं रहस्यहरूका बारेमा यो आलेखमार्फत प्रस्तुत गर्न चाहान्छु । कुरा सपनीको हो तर यसमा भएका यथार्थहरू पाठकहरूलाई नै विश्लेषण र विवेचना गर्ने जिम्मा दिन्छु । पङ्तिकार (लेखक)को जीवनसंगीनीलाई चिया खाना मन लागेछ । चिया खानको लागि चियारङ, चिनी र दुध किन्न लकडाउनकै अवस्था भए पनि प्रहरी भाइहरूलाई छली निस्कन पुगेछन् । अलिकति रातको समय भएको रहेछ । हिँड्दै जाँदा पछाडिबाट एउटा ठूलो आवाज आयो । हे मनुष्य त कहाँ हिँड्रिहेको छस् ? एकछिन रोक्की भनेर आदेश आयो । पछाडि फर्केर हेर्दा मानिसभन्दा अलि कति ठूलो, हातमा कमन्डलु, तलदेखि माथि पहँेलो लुगा लगाएको, दाह्री पालेको, अनुहार त्यति राम्ररी नदेखिएको अवस्थामा भेटिएको आकृतिले पङ्तिकारलाई अलिकति डर लागेछ । त्यसपछि पङ्तिकार, फटाफट हिँड्न लाग्दा एकछिन अड्डी त । तसँग मेरो विशेष कुरा छ भनेपछि विश्व स्वास्थ्य संगठनले दिएको सोसल डिस्टेन्सलाई कायम गर्दै म उभिएँ । त्यसपछि यो पङ्तिकारलाई उनले भने म कोरोना महाराज हुँ । तिमीहरू मानव जातिले सुक्ष्म भाइरस भनेर हेपिरहेका छौँ । म विशाल प्रकृति हुँ । तिमीहरूले हामीलाई दोहन गरिराखेका छौँ ।
केवल भौतिक सम्पन्नता र आफ्नो स्वार्थको कारणले आज हामी नदीहरूलाई आफ्नो खुशीमा बग्न दिएका छौनौँ । तिमीहरूले देखाएको साँगुरो बाटोमा हिँड्नु परेको छ । त्यति मात्र होइन हामीमाथि अनेक फोहोरहरू हालिदिएका छौँ । ढल मिसाइदिएका छौँ । छिटो प्रतिफल पाउने आशामा रासाइनिक मल हाली हामीलाई दूषित बनाइदिएका छौँ । अनेक सवारीको धुलो धुवाँको मुस्लोले हामीलाई श्वास फेर्न समेत अफ्ठयारो पारेका छौँ । प्रचुर उत्पादन हुने ठाउँबाट हामीलाई लखेटी ठूला ठूला कंक्रीट जंगल (ठूला घर)हरू निर्माण गरिरहेका छौँ । त्यसको दुष्परिणाम तिनीहरूले भोग्दछौँ । आज बन्द कोठामा महिनौँ दिनदेखि थुनिदा पनि तिमीहरूको चेतन खुलेको छैन ।
त्यसो भए कोरोना महाराज हामीले के गर्नुपर्छ तपाईंहरूलाई ? कान खोलेर सुन हे मनुष्य ! तिमीहरूले हामीलाई स्वच्छ आकासमा निर्वाद ढंगले उड्न दिनुपर्छ । जगलको चारैतिर हामीलाई हिँड्डुल गर्न दिनुपर्छ । जंगल मासेर एयरपोर्ट बनाउने योजना, बस्ती बसाउने योजना, बाटो बनाउने योजना कदापी तिमीहरूले गर्नु हुँदैन । आफ्नो देशको जमीन बाँझो राखी छिटो सम्पन्न बन्ने दौडमा, रेमिट्यान्सको लोभमा तिमीहरूले आफ्नो देश छोड्नु हुँदैन्थ्यो । त्यतिमा होइन, तिमीहरूको चरित्र उपभोगवादी भएको छ । उपभोगवादी चरित्रको कारणले तिमीहरूले मानवीय जीवनका मूल्य मान्यता, आदर्श, संस्कारहरूलाई छोड्दै गएका छौँ । अस्वस्थ्य पुँजीवादी प्रतिस्पर्धाले तिमीहरूलाई ध्वस्त बनाइराखेका छ मनुष्य । अब यो कुरा तिमीहरूले ढिला नगरी बुभ्mनु पर्छ ।
कोरोना महाराज तपाईंसँग त पर्यावरण, उपभोग, उत्पादन, पुँजीवाद सबैको ज्ञान रहेछ त प्रभु ! अझै कान खोलेर सुन मनुष्य पुँजीवाद यस्तो डरलाग्दो भाइरस हो । जो आफ्नो नाफाको लागि कुनै मान्यता र आदर्शविना तथा सामाजिक फाइदाको मतलब नगरिकनै अराजकवादी उत्पादनमा लाग्छ । यसले आफ्नो उत्पादन बढाउँदै जान्छ र सम्पूर्ण नाफा केही पुँजीवादी कम्पनीसँग मात्र केन्द्रित हुन्छ । कामदारहरू आफ्नो उपभोगको लागि नभएर मालिकको उत्पादन गर्छन् । यस्ता उत्पादनहरू बढी त हुन्छ तर ती विषाक्त हुन्छन् । यस्ता वस्तुहरूले तिमीहरूकै स्वास्थ्यमा असर पारिरहेको छ । त्यति मात्र होइन तिमीहरूकै रोग प्रतिरोधात्मक क्षमतामा कमजोर भइरहेछ । अनि तिनीहरू कोरोना भाइरस (कोभिड–१९) भनेर हामीलाई दोष दिइरहेका छौँ ।
मनुष्य तिमीहरूले जिब्रोको स्वादको लागि क्वाप्पै खान मिल्ने प्लाष्टिकका प्याकिङका रेडिमेड खानासँगै रोगका पोकाहरू पनि हुल्यौ । फलस्वरूप तिमीहरू एकपछि अर्को रोगको महाचंगु्लमा फुत्कनै नसक्ने गरी फस्यौ । त्यति मात्र होइन हे मनुष्य तिमीहरूले पशुपन्छीमाथि पनि धेरै अत्याचार ग¥यौ आफ्नो सोख र मनोरञ्जनको लागि धेरै चरीहरूका गुँडहरू, पशुका बासहरू भत्कायौ । त्यसैको उपहार अन्नतः आफैलाई कैदी बनायौ । तिमीहरूले जिब्रोको स्वादका लागि कति प्राणीको रगत खोला बगायौ ? त्यसको कुनै हिसाब छ तिमीहरूसँग ? हो, तिमीहरूले पशुपक्षी सँगसँगै निलिरहयौँ प्रतिशोध हिंसा र आक्रोशको मुस्लोहरू पनि । जसरी कुनै रगत पिउने, मासु खाने प्राणी हिंस्रक र शिकारी हुन्छ । त्यसैगरी तिमीहरूले धोलिरह्यौ आफ्नो रगतमा हिंसा, आक्रोश र घृणाको ज्वालाहरू । अनि झन कुसंस्कार र अपराधको दुनियाँमा । बुझ्यौं मनुवा ?
यो पङ्तिकार पुनः केही प्रश्नहरू तेर्साउने छन् त्यो कोरोना माहाराजलाई । किन तपाईंले चीनको वुहानलाई सर्वप्रथम रोज्नुभयो प्रभु ? त्यसपछि युरोप हुँदै अमेरिकामा बढी आक्रमण गर्नुभयो ? के यसको रहस्य थाहा पाउन सक्छु प्रभु ? सुन मनुवा, हिजो चीन समाजवादी मुलुक थियो । तर, आज विस्तारै उसको समाजवादी यात्रा संशोधन भई खुला बजारको अवधारणा अपनाई विश्व बजारमा आफ्नो नङ्ग्रा फिजाएको र उनीहरूको आहार विहार अत्यन्त मांसाहारी भएको कारणले मैले उनीहरूलाई सचेत गराउन त्यस भूमिलाई रोजेको थिएँ । उनीहरूको दैनिकी र व्यवहारमा चाँडै परिर्वतन आएको, लकडाउनको अवधारणा समयमै लागु गरेको, एकान्तवास (सेल्फ क्वारेन्टाइन)जस्ता व्यवहारलाई अपनाएकोले मैले उनीहरूलाई चाँडै नै छोडिदिएको छु । मनुष्य अब तिम्रो प्रश्नको अर्को जवाफ दिऊँ । युरोप, अमेरिकामा मैले किन बढी क्षति तथा आक्रमण गरिरहेको छु भने नि, जब म चीनको वुहानमा थिए, त्यसैबेला मलाई अर्थात् मेरो शक्तिलाई नचिनेर भनौ या हियाएर अमेरिकाका राष्ट्रपतिले यो वुहान भाइरस हो । यो चाइनिज भाइरस हो भने त्यसैले आज मैले आफ्नो रूप शक्ति प्रदर्शन गरिरहेको छु । अझै पनि ट्रम्प विश्व स्वास्थ्य संगठनले दिएको सुझाव, चीनले सफलता प्राप्त गरेको लकडाउनको र एकान्तवासको अवधारणा अपनाउँदैन तबसम्म मेरो साम्राज्यको असली नाङ्ग्राहरू उनीहरूले देख्नेछन् । त्यति मात्र होइन विश्व स्वास्थ्य संगठनलाई दिने सहयोग पनि अमेरिकाका राष्ट्रपतिले कटौती गरेका छन् । यो उनको गम्भीर भुल हो । अझै पनि उनी आपूmलाई महाशक्तिको दम्भ देखाइरहेका छन् । अब उनको महाशक्तिको ताज चाँडै गुम्दै छ हे मनुवा ।
कोरोना महाराज तपाईंलाई कोभिड–१९ पनि भनेको सुन्छु । युरोपका कतिपय मुलुकहरूले त तपाईलाई केही भनेको त थिएन तर किन त्यहाँ पनि तपाईंको उदण्डता प्रस्तुत भइरहेको छ प्रभु ! बुझ मनुवा, ती देशहरू इटाली, स्पेन, फ्रान्सलगायत अरु देशहरूले पनि अमेरिकाको ट्रम्पको पछिलागेकाले त्यो क्षति बेहोरेका हुन् । ढिलै भए पनि उनीहरूले लकडाउन, एकान्तवासको चीनको अब धारणा बोकेकोले विस्तारै अब कम हुनेछ मनुष्य । चीनले अमेरिका, स्पेन र इटालीमाथि यो कहालीलाग्दो संकट आइपर्दा कुनै प्रतिशोधको सानो झिल्को पनि देखाएन । सहयोगको हात अघि बढाउन कुनै कन्जुस्याइँ गरेन । भविष्यमा पनि अझै थुप्रै सहयोग जारी गर्ने प्रतिबद्धता जनाएको छ । के ती देशहरूले यस्ता राम्रा कुराको सिको गर्नु पर्दैन । आज अमेरिकाको दुर्दसा तिमीहरूले पनि हेरिरहेका छौँ होला नि । त्यहाँ यो महामारीको संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि सामूहिक अन्टेष्टी गरिएको छ । हार्ट आइल्याण्डमा सुरक्षित कपडा लगाएर कर्मचारीहरूले गहिरो खाडलमा चाङ लगाएको । शवका कोफिनहरू मिलाइरहेको तस्बिर । जुन तस्बिरहरूलाई रोयर्टसले सार्वजनिक गरेको छ । ड्रोनबाट खिचिएको तस्बिरमा करिब दुई सय पचास शवहरूको सामूहिक अन्टेष्टी । सामूहिक अन्त्येष्टिमा मृतकका कोही नजिकका आफन्त तथा साथीभाइ सहभागी नभएको अत्यन्त हृदयविदारक घटनाले अब अमेरिकी शासकको चेत खुल्ला कि ? तैपनि ती शासकको चेत खुल्ने कुरामा मलाई प्रशास्त शंका छ भनी ती कोरोना महाराजले बताए ।
पङ्तिकारले कोरोना महाराजलाई अर्को प्रश्न तेस्र्याए । प्रभु ! के यो संकट मानव सिर्जित समस्या हो । मैले मात्र भनेको हैन जैविक र रसायनिक हतियार वैज्ञानिक इग्नोर निकुलिनले समेत यसलाई अमेरिकाले उत्पादन गरेको जैविक हतियार बताएका छन् । तिमीलाई थाहा छ मनुवा । ती निकुलिन राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानका जैविक तथा रसाइनिक हतियारका सल्लाकार हुन् ।
उनी रुसका वैज्ञानिक हुन् । यो भाइरस अमेरिकामा उत्पादन गरेर चीनमा छोडिदिएको हो । चीनमा कोरोना देखा पर्नासाथ अमेरिकाले गणितीय रूपमा फरवरी महिनासम्म दुई लाख मानिस संक्रमित हुने र एक लाख मर्ने भविष्यवाणी गर्नु, यसले फरक फरक खालको स्वभाव देखाउनु, कतै रुघाखोकी लाग्नु र कतै कुनै लक्षण नदेखिएर मानिस मर्नु, एक पटक निको भइसकेको व्यक्तिहरूमा पुनः संक्रमित हुनुजस्ता कुराले यो प्राकृतिक नभएर मानव सिर्जित समस्या हो बुझेऊ मनुवा ? हामीमाथि दोष थोपर्ने काम चाँडै अन्त्य गर्नुपर्छ मनुष्य जातिले ।अन्त्यमा एउटा प्रश्नको उत्तर बताइदिनुहोस्
प्रभु ! चाँडो भन, मैले विश्वका केही बाँकी देशमा पनि पुग्नु छ । अब मुनष्य जातिले के–कस्ता कामहरू गर्नुपर्छ प्रभु ? सर्वप्रथम मनुष्यले भौतिक सम्पन्नता र सुखसयलको खोजीमा प्रकृतिको दोहनका अन्त्य गर्नुपर्छ । मानिसहरू चरम उपभोगवादी प्रतिस्पर्धाको बाटोमा हिँडिरहेका छन् । त्यसको पनि अन्त्य हुनुपर्दछ । विश्वमै मानिसहरू अस्वस्थ्य पुँजीवादको यात्रामा हिडिरहेका छन्, त्यसको पनि ख्याल गर्न जरुरी छ । अब मनुष्यले विश्व व्यवस्थाको विकल्पको खोजी गर्न ढिला गर्नु हुँदैन तब मात्र तिमीहरूको कल्याण हुन्छ र हामी पनि तिमीहरूलाई दुःख दिँदैनौँ । यी सबै संवादहरू सपनीमा पो भएका रहेछन् । पङ्तिकार झल्यास्स भए सूर्यको छिप्पिएको घामले भ्mयालबाट चिराइरहेको रहेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा सरकार गम्भीर’
- ‘कर र महसुलका दर घटाउनु स्वागतयोग्य’
- गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाद्वारा निःशुल्क खाद्यान्न वितरण
- ज्योति विकास बैंकका ग्राहकलाई इ–रिभल्भिङ इन्डियन कुजाइन रेस्टुरेन्टमा छुट
- जीवन विकास लघुवित्तको नाफा नौ करोड ९३ लाख
- एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक
- एसिया र विश्वकप यो हातले उचाल्नु छ: कप्तान महतो
- मेलम्चीको पानी बागमती नदीमा छाडियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया