Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीऔषधि व्यवस्था विभागद्वारा परीक्षण गरेर मात्र औषधि बिक्री गर्न अनुरोध

औषधि व्यवस्था विभागद्वारा परीक्षण गरेर मात्र औषधि बिक्री गर्न अनुरोध


काठमाडौं । औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न औषधि व्यवस्था विभागले अनुरोध गरेको छ ।

औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनुरोध गरेको हो ।

“विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरियताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,” उनले भने, “औषधि ऐन, २०५३ को दफा १२ अनुरुप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरिद तथा बिक्री वितरण गर्दा परीक्षण गराउनु पर्नेछ ।”

औषधिको गुणस्तर एकीन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने महानिर्देशक दकालले बताए । औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया