सनी सेक्युरिटिजको सेयर तालिम
काठमाडौं । सनी सेक्युरिटिजले पोखराको इन्फोम्याक्स कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड म्यानेजमेन्टमा आधारभूत सेयर तालिम दिएको छ । मंगलबार आयोजना गरिएको सो कार्यक्रममा ४२ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
तालिममा विशेषगरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो सेयरबाट प्राथमिक बजारमा आईपीओमार्फत लगानी गर्ने बारेमा तालिम दिइएको छ । कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपाय तथा नेपालमा अनलाइन सेयर कारोबारको महत्व र यसबारे विशेष जानकारी समेटिएकाले तालिम प्रभावकारी भएको कम्पनीको दाबी छ । यो तालिम कम्पनीले आप्mनो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरेको हो ।
साथै, साइन्टिफिक विजनेश हव प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्रसम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवालाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक रहेकोले यो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । तालिम साइन्टिफिक बिजनेस हवको सहकार्यमा सम्पन्न भएको थियो । सेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठूलो जोखिम ब्यहोर्नुपरेको अहिलेको अवस्थामा सेयर बजारको आधारभूत ज्ञानसहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
- उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
- ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
- पाकिस्तान रेलवे स्टेसनमा विस्फोट हुँदा २५ जनाको मृत्यु
- युरोपले रक्षा खर्च बढायो
- नेपालका लागि चिनियाँ राजदूत ‘द क्लिफ’मा
- विपद् व्यवस्थापनमा चेम्बर र जापानी निकायबीच सहकार्य हुने
- ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया