Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैकद्वारा उपभोक्ता समितिलाई सहयोग

सिटिजन्स बैकद्वारा उपभोक्ता समितिलाई सहयोग


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालगञ्जको धम्बोझीमा रहेको ज्येष्ठ नागरिक क्लबको उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेकोे छ । ज्येष्ठ नागरिकहरूका लागि क्लब सुविधा निर्माण गर्ने उद्देश्यले स्थापना भएको क्लबलाई आर्थिक सहयोग गरेको हो ।

बुधबार एक समारोहका बीच बैंकले एक लाख एक हजारको चेक संस्थाका अध्यक्ष अजितकुमार शर्मालाई हस्तान्तरण गरेका हुन् । ज्येष्ठ नागरिक क्लबमा एक सय ६५ जना सदस्य रहेको संस्थाका अध्यक्ष अजितकुमार शर्माले जानकारी दिए । आगामी दिनमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

बैंकले धारापानी शाखासहित देशभर फैलिएका आप्mना एक सय ८४ वटा शाखा, एक सय ४१ वटा एटीएम तीनवटा विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ९० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया