भारतीय सेयरबजारमा नयाँ उचाइ
भारत । बुधबार भारतीय सेयरबजारले नयाँ कीर्तिमानी उचाइ कायम गरेको छ । बेन्चमार्क ‘निफ्टी ५०’ सूचक पहिलो पटक १९ हजार ११ विन्दुमा पुगेको छ । तर, बजार बन्द हुँदा ‘निफ्टी ५०’ १८ हजार नौ सय ७२ विन्दुमा कायम भएको छ । सेन्सेक्स पनि ६३ हजार नौ सय १५ कीर्तिमानी विन्दुमा उक्लिएको छ । बुधबार सेन्सेक्स चार सय ९९ अंकले बढेको छ ।
विदेशी संस्थागत लगानीकर्ताले लगानी बढाउँदै गएपछि भारतीय सेयरबजारले नयाँ उचाइ बनाउँदै गएको छ । मंगलबार एकै दिन विदेशी लगानीकर्ताले भारतको सेयर बजारबाट २० अर्ब २४ करोड रूपैयाँकाको सेयर किनेका थिए । यसैको प्रभावले बुधबार पनि बजार बढेको विश्लेषण गरिएकोे छ । बुधबार सेन्सेक्समा टाटा मोटर्स, टाइटान, इन्दुइन्ड बैंक, बजाज फाइनान्स, रिलायन्स, एसबीआई सबैभन्दा धेरै बढेका छन् । तर विप्रो, कोटाक र महिन्द्रा बैंकलगायतले सबैभन्दा धेरै गुमाएका छन् ।
यस्तै, भारतीय बैंकहरूको खराब कर्जा १० वर्षयताकै न्यून विन्दुमा झरेको खबरले पनि बजारलाई उत्साहित बनाएको सेयरबजारका लगानीकर्ताले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया