चीनमा औद्योगिक क्षेत्रको नाफा घट्यो
चीन । मे महिनामा चीनको औद्योगिक क्षेत्रको नाफा घटेको छ । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार मे महिनामा चीनका प्रमुख औद्योगिक फर्महरूको नाफा घटेको छ । विश्लेषकहरूले मागलाई उत्प्रेरित गर्न थप समर्थनको लागि आग्रह गरेका छन् ।
राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको तथ्यांकमा ठूला औद्योगिक फर्महरूको संयुक्त नाफा मे महिनामा छ सय ३५ दशमलव आठ बिलियन युआन अर्थात् ८८ दशमलव सात बिलियन अमेरिकी डलर पुगेको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा १२ दशमलव छ प्रतिशतले घटेको छ । गत अप्रिलमा भन्दा नाफामा केही सुधार भने देखिएको छ ।
चाइना मिन्सेङ बैंकका प्रमुख अर्थशास्त्री वेन बिनका अनुसार मे महिनामा अपेक्षा गरिएभन्दा केही कम राम्रोे प्रदर्शन भएकोे छ । यद्यपि, उनले अपर्याप्त माग र कमजोर उत्पादक मूल्य सूचकांकको कारण अझै पनि दबाब रहेको चेतावनी दिएका छन् ।
तथ्यांकअनुसार सन् २०२३को पहिलो पाँच महिनामा चिनियाँ औद्योगिक फर्महरूको नाफा गतवर्षको तुलनामा १८ दशमलव ८ प्रतिशतले घटेको छ । अर्थशास्त्री वेनले औद्योगिक मुनाफाको गिरावट अझै केही समय जारी रहने भविश्यवाणी गरेका छन् ।
राष्ट्रिय तथ्यांक ब्युरोका तथ्यांकविद् सन सियाओले जतिल र चुनौतीपूर्ण बाह्य वातावरणका साथै अपर्याप्त आन्तरिक मागका कारण औद्योगिक फर्महरूको रिकभरी अझै कमजोर रहेकोे चेतावनी दिएका छन् । सियाओले नाफाको वृद्धिलाई बढवा दिन र औद्योगिक अर्थतन्त्रको रिकभरीलाई समर्थन गर्न सबैलाई प्रयास गर्न आह्वान गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया