रौतटहमा खुल्यो प्राइम सेरामिक्स टायल उद्योग
काठमाडौं । शहरीकरणका कारण मानिसका आवश्यकता र चाहनामा परिवर्तन भएका छन् । सोही कारण नेपालबाट वार्षिक रु. १५ अर्ब बराबरको रकम टायल खरिदका लागि विदेशिने गरेको भन्सार विभागको तथ्याङ्क छ ।
लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु आशीष गर्ग, प्रशान्त अग्रवाललगायतले मधेस प्रदेशको रौतटहमा प्राइम सेरामिक्स उद्योग स्थापना गरेको हो ।
नेपाली उद्योगी व्यवसायीले नै देशभित्र अन्तर्राष्ट्रिय गुणस्तरको टायल उत्पादन शुरु गरेका छन् । सरकारले लिएको औद्योगिककरणको नीति तथा हरेक क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यलाई सफल बनाउन प्राइम सेरामिक्सले ‘प्राइम टायल’को उत्पादन सुरु गरेको हो ।
कूल रु. दुई अर्ब लगानीमा स्थापना गरिएको यस उद्योगले हाल तीनसयलाई रोजगारी समेत दिएको प्राइम सेरामिक्सका अध्यक्ष गर्गले जानकारी दिए । “अब टे«डर्स होइन, उद्योगी बन्नुपर्छ भन्ने सोचका साथ उद्योग स्थापना गरेका हौँ । यसमा सरकारको नीतिले पनि साथ दिएको छ” उनले भने, “सानो मात्रामा भएपनि देशभित्रै रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा स्वदेशमा नै राख्ने उद्देश्य राखिएको छ ।”
हाल नेपालमा अधिकांश टायल भारतबाट आयात हुने गरेको छ । नेपाली कला, संस्कृतिअनुसारको टायल बनाइने भएकाले आफूहरुको उत्पादनले बजार विस्तारका साथै राष्ट्रिय मर्मलाई समेत सम्बोधन गर्ने उद्योगका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए ।
नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको जानकारी दिँदै उनले प्राइम सेरामिक्स उद्योगको दैनिक डेढ लाख वर्ग फिट टायल उत्पादनको क्षमता राखे ।
नेपाली माटो, नेपाली सिमेन्टलगायत झण्डै ५० प्रतिशत कच्चा पदार्थ समेत आन्तरिक नै प्रयोग हुने भएकाले विदेशी टायलभन्दा सस्तो पर्ने समेत प्रबन्ध निर्देशक अग्रवालको भनाइ छ । रौतटहको बृन्दावन नगरपालिका–६ मा १० विघा क्षेत्रफलमा स्थापित उद्योग स्थापना गर्नुको पछाडि दुई दशकदेखि नै टायल व्यापारको अनुभवले पनि काम गरेको उनको भनाइ छ ।
उद्योगले टायलको आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने उद्देश्य लिएको अध्यक्ष गर्गको भनाइ छ । उर्जा उद्यमी समेत रहेका गर्गले आन्तरिक रुपमा उत्पादन बढाउने सरकारको नीति भएपनि व्यवसायीलाई थप सहजीकरण गरिदिन सरकारसँग माग गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- यो वर्ष पनि राजस्व र पुँजीगत खर्च कमजोर
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया