काठमाडौं । कतै लघुवित्तले त कतै मिटरब्याजीले तथा कहिले उखु मिलवालाले सर्वसाधारणलाई हैरान पार्ने गरेका समाचारहरू नियमितजस्तै भइसकेका छन् । तर यस्तो ठगीको कुनै तार्किक निष्कर्ष राज्यले दिन सकेको छैन । यहीबेला एउटा अर्को समूह खडा भएको छ, जसले बैंक र वित्तीय संस्थाबाट लिएको ऋण नतिर भन्ने अभियान लिएर गाउँगाउँ पुगिरहेको छ । त्यसलाई कसैले कारबाही गर्ने आँट गरेको देखिँदैन । यो अवस्था बढ्दै गयो भने स्थिति के हुन्छ भन्ने नियामक निकायले सामान्य सूचनासमेत राखेको देखिँदैन । नियमन गर्नु त परै जाओस् । यसले आर्थिक अराजकता मच्चाउनेहरूको मनोबल बढेको देखिन्छ । पछिल्लो समय मिटरब्याजीहरू आफ्नो कारोबारमा दखल नदिन भन्दै सरकारविरुद्ध सडकमा नै उत्रिएको छ । यी केही उदाहरण मात्रै हुन् । यीभन्दा अझ संगठित संंस्था मानिएकाहरूमा सर्वसाधारणको रकम अर्बौँको मात्रामा ठग्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ, जुन दुःखद्् र गम्भीर हो ।
पछिल्लो समय सहकारीमा जम्मा भएकामध्ये करिब १४ अर्ब ठगी गरेका एक व्यक्ति पक्राउ परे । यसरी पक्राउ पर्ने व्यक्ति शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं ३ घर भएका यी व्यक्ति तीन दर्जनभन्दा बढी व्यावसायिक कम्पनीमा आबद्ध रहेका थिए । तिनै कम्पनीका माध्यमबाट यस्तो ठगी भएको हो । उनीबाट ठगिएको संस्था शिवशिखर सहकारीको शाखा ३५ जिल्लामा फैलिएको छ । त्यसमा एक लाख ६८ हजार सात सय २५ जना निक्षेपकर्ता थिए । ती सबै निक्षेपकर्ताले यी शाखामा मुद्दती खाता खोलेका थिए । जसमा १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार पाँच सय ८६ रुपैयाँ जम्मा भएको देखियो । त्यस्तै, अर्को तुलसी बहुमुखी सहकारी संस्थाको झापा, सुनसरी र उदयपुरमा रहेका शाखाबाट २१ हजार एक सय ५४ जना सदस्यले जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार नौ सय १२ रुपैयाँ पनि ठगीमा परेको पाइयो । यसको साँवा र ब्याज गर्दा ठगीको रकम उल्लेखित मात्रामा देखिएको हो । यसमा करिब दुईलाख व्यक्ति मर्कामा परेका छन् । मुद्दती खाता भनेको निक्षेपकर्ताहरूको जीवन निर्वाहको माध्यम पनि हो । त्यो खाताबाट आउने नियमित ब्याज उनीहरूले दैनिकी चलाउने गर्छन् । प्रहरीका अनुसार पक्राउ परेका यी व्यक्तिले सहकारीमा संकलित पैसा सहकारी ऐन र नियमावली विपरीत हुनेगरी आफू र आप्mना नजिकका व्यक्तिहरूको नाममा सञ्चालित कम्पनीहरूमा लगानी गरेको र सो रकम फिर्ता नगरिएको अवस्था देखियो ।
यो दिनसम्म आइपुग्दा धेरै ठूलो संख्याका सहकारी सञ्चालकहरूले यसरी नै सर्वसाधारणको खातामाथि धावा बोलेको पाइन्छ । अहिलेको अवस्था भनेको सहकारीमा पैसा जम्मा गर्नेहरूले आफ्नो रकम फिर्ता पाउनुको साटो रकम पाऊँ भन्दै दिनहुँ सडकमा आन्दोलन गरिहनुपरेको छ । जतात्यतै सहकारी पीडितहरूको समूह बनेका छन् । अवस्था यो हदसम्म पुग्दा पनि नियमनकारी निकायको कतै उपस्थिति देखिएन । नियमन नभएकै कारण सहकारीका सञ्चालकहरू यस्तो ज्यादती बढ्दै गएको हो । यो क्षेत्रमा सरकारले हस्तक्षेप गरोस् र सहकारीमा आइन्दा यस्तो हुँदैन भनेर आश्वस्त पारोस् । अब सहकारीको नाममा सञ्चालकले ठग्ने प्रतिस्पर्धा रोकिनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया