ई–सेवा र अल मुजैनीबीच रेमिटेन्स भुक्तानी सम्झौता
काठमाडौं । ई–सेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूले कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मियालगायत सहरका एक सय १८ वटा शाखाबाट ई–सेवा मनी ट्रान्सफरको माध्यमबाट जुनसुकै बैंक तथा वित्तीय संस्थामा पैसा पठाउन सक्ने भएका छन् ।
यसैबाहेक नेपालभर रहेका ई–सेवा मनी ट्रान्सफरका १३ हजार आठ सयभन्दा बढी भुक्तानी केन्द्र तथा ई–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाका साथै ई–सेवा वालेटबाट सहजै रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी पठाएको नगद सोझै ई–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत पाउन सकिने छ । ‘अल मुजैनी एक्सचेन्जजस्तो प्रतिष्ठित रेमिटेन्स कम्पनीसँग रेमिटेन्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ ।
कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरूले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीको बसोबास रहिआएकाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामी विश्वस्त छौं’ ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले सम्झौताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने । अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । हाल यस कम्पनीका कुवेतमा एक सय १८ वटा शाखा सञ्चालनमा रहेको जानकारी पनि कम्पनीले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया