Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनसीएचएलको कर्पोरेट पेबाट जेठमा मात्रै ५० अर्बभन्दा बढीको कारोबार

एनसीएचएलको कर्पोरेट पेबाट जेठमा मात्रै ५० अर्बभन्दा बढीको कारोबार


काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को कर्पोरेट पे प्रणालीले जेठमा ५० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । महत्वपूर्ण कोशेढुंगा पार गरेको भन्दै कम्पनीले कर्पोरेट पे सञ्चालन भए( २०७७ माघदेखि)यताको सबैभन्दा बढी मासिक कारोबार रकम अहिले भएको जानकारी दिएको हो ।

गत आर्थिक वर्ष कुल एक खर्ब नौ अर्ब ५० करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार फछ्र्याैट भएको कर्पोरेट पेमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म भने चार खर्ब २१ अर्ब रुपैयाँ भन्दा बढीको भुक्तानी फछ्र्याैट भइसकेको छ । बैंक÷वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकले सहज रूपमा कर्पोरेट पेमार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले बढेको एनसीएचएलले जानकारी दिएको छ ।

हाल शैक्षिक संस्था, निर्माण कम्पनी, ट्राभल व्यवसायी, रिटेल व्यवसायीलगायतका विभिन्न संस्थागत ग्राहकले कर्पोरेट पे प्रयोग गर्ने गरेका छन् । ४७ बैंक तथा वित्तीय संस्थामार्फत उक्त प्रणाालीमा सात हजार सात सयभन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भई कारोबार गर्दै आएको कम्पनीले जानकारी दिएको छ । एउटै प्लाटफर्ममा एकभन्दा बढी बैंक खाताहरू लिंक गरी कारोबार गर्न सकिन्छ । यस प्रणालीमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानीलगायत नेपाल आयल निगम, भन्सार विभाग, बीमा प्राधिकरण, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानीहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरूलाई बल्क भुक्तानी, फन्ड म्यानेजमेन्टलगायतको थप सुविधा रहेको छ । प्रणालीमा रियल टाइममा प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोड रुपैयाँसम्म भुक्तानी गर्न सकिने जानकारी पनि एनसीएचएलले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया