Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखरेन्द्रपुरमा समृद्धि फाइनान्सको शाखा

खरेन्द्रपुरमा समृद्धि फाइनान्सको शाखा


काठमाडौं । समृद्धि फाइनान्सको तेह्रौं शाखा कपिलवस्तुको खरेन्द्रपुरमा खुलेको छ । सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाइनान्सका सञ्चालक विनोदकुमार सुवेदीले शाखाको उद्घाटन गरे । कार्यक्रममा मेयर थापाले बैंकिङ सुविधा अत्यावश्यक रहेको सो क्षेत्रमा खुलेको फाइनान्सको शाखाले स्थानीयलाई सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयका संस्थाले उपलब्ध गराउने सेवाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा चन्दौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे, शिवराज नगरपालिका वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा र वडा नं. ४ का वडाध्यक्ष नसिम अहमद खाँले खरेन्द्रपुर क्षेत्रमाबैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राखेका थिए । उनीहरूले यस क्षेत्रका धेरै बासिन्दालाई वित्तीय सेवाबारे जानकारी नभएको भन्दै सो विषयमा समेत कर्मचारीहरूले सहजीकरण गरिदिनुपर्नेमा जोड दिए । संस्थाका सञ्चालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकताबमोजिम फाइनान्सले आफ्नो सेवालाई परिमार्जन गर्दै गुणस्तरीय सेवा दिनेमा विश्वस्त पारे ।

No description available.

योसहित फाइनान्सको देशभर तेह्रवटा शाखा पुगेको छ । संस्थाको आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, एसएमएस अलर्ट, क्लियरिङलगायतका सेवाहरू सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया