बर्दियामा उद्यमशीलता ‘बुटक्याम्प’
काठमाडौं । युथ इनोभेसन ल्याबले बर्दियामा बृहत् उद्यमशीलता बुटक्याम्प आयोजना गरेको छ । असार ७ देखि ११ गतेसम्म आयोजना गरिएको बुटक्याम्पमा ५० जनाको सहभागिता थियो । बुटक्याम्पको उद्देश्य उद्यमशीलतासम्बन्धी अत्यावश्यक जानकारीको प्रवाह गर्नुका साथै असान्दर्भिक एवम् भ्रमपूर्ण जानकारी बारे स्पष्ट पार्र्नु रहेको आयोजकको भनाइ छ ।
बुटक्याम्पमा वातावरण तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र (सेपरेड) को स्किल अप प्रोग्रामका ३० जना पर्या–उद्यमी र वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा परियोजनाका २० जना जलवायुमैत्री उद्यमी सहभागी थिए । सेपरेडलाई डब्लूएचएचले र वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा परियोजनालाई युरोपेली संघले वित्तीय सहायता प्रदान गरेको छ । व्यवसाय सञ्चालनमा तीन वर्षभन्दा लामो अनुभव भएका कृषकहरू पर्या–उद्यमीका रूपमा र व्यवसायको प्रारम्भिक चरणमा रहेका युवाहरू जलवायुमैत्री उद्यमीका रूपमा कार्यक्रममा सहभागी गराइएको थियो । बुटक्याम्पमा सहभागी सबै कर्णाली र सुदूरपश्चिम प्रदेशका महिला र सीमान्तकृत समूहका सदस्य थिए । बुटक्याम्पमा कुमार पौडेल, विनया पौडेल, सुहृद चापागाईं र हरि पौडेलले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।
बुटक्याम्पमा सहभागीहरूले बिजनेस मोडेल क्यान्भासका ९ वटा कम्पोनेन्टका बारेका बुझाइ प्राप्त गरेको आयोजकको भनाइ छ । ती कम्पोनेन्टमाहरू मूल्य प्रस्ताव, ग्राहकखण्ड, उत्पादन मूल्य, प्रमुख साझेदार, क्रियाकलाप तथा स्रोतसाधन, नियमित आम्दानीको माध्यम (रेभिन्यु स्ट्रिम) र वित्तीय लागत आदि रहेका छन् । उद्यमशीलताको कानुनी पक्ष, प्रविधिक पक्ष, र वित्तीय पहुँचको बारे भर्चुअल माध्यमबाट जानकारी दिइएको थियो ।
बुटक्याम्पले पर्या–उद्यमीहरूलाई तरकारी र बाख्रापालनका लागि तयार पारिएको बाली पात्रो र खेती विधिहरूमा केन्द्रित प्राविधिक जानकारी दिएको थियो । यसबाट उनीहरूले बिजनेस मोडेल क्यानभासका बारेमा बुझाइ प्राप्त गर्नुका साथै र ग्राहकका समस्याहरू समाधान गर्ने उपायहरू सिकेका थिए । तालिममा सहभागीलाई डिजिटल युगमा प्रभावकारी बजारीकरणका लागि आवश्यक रणनीति तथा औजारहरूको बारेमा समेत जानकारी गराइएको थियो ।
बुटक्याम्पका विभिन्न चरणहरूमा सिकाइ प्राप्त गर्न र अनुभव आदानप्रदान प्रदान गर्न उद्यमीहरूका लागि संयुक्त सत्रहरूको समेत व्यवस्था मिलाइएको थियो । बुटक्याम्पको अन्तिम दिन आयोजित बजार प्रदर्शनी (मार्केट प्लेस एक्जिविसन) मा जलवायुमैत्री उद्यमीहरूका आइडिया र प्रोटोटाइपहरू (विचार र प्रतिरूप) प्रस्तुत गरिएको थियो । पर्या–उद्यमीहरूले आफ्ना व्यावसायिक अनुभवहरू सुनाएका थिए । कार्यक्रमले सिकाइ र वृद्धि विकासका लागि सञ्जालीकरण तथा सम्भावित सहकार्यमा समेत सहजीकरण गरेको सहभागीको भनाइ थियो ।
युथ इनोभेसन ल्याबले कर्णाली र सुदूरपश्चिम प्रदेशका पर्या–उद्यमीहरूलाई व्यवसाय इन्क्युबेशन सेवाहरू प्रदान गरी सहयोग गर्दै आएको छ । युरोपेली संघद्वारा वित्तीय सहायताप्राप्त वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा परियोजनाले हरित विकास प्रवद्र्धन, वातावरण संरक्षण र जलवायु परिवर्तनलाई सम्बोधन गर्ने कार्यमा नेपाली युवालाई संलग्न गराउने लक्ष्य लिएको छ । यो परियोजना युथ इनोभेसन ल्याबको नेतृत्व र रेस्टलेस डेभलपमेन्ट, नेपाल क्रियसन र विपद् व्यवस्थापन अध्ययन केन्द्रसँगको सहकार्यमा चार वर्षका लागि कार्यान्वयन हुने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
- यो वर्ष पनि राजस्व र पुँजीगत खर्च कमजोर
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया