‘साना उद्योग विकासका लागि प्रक्रियागत सुधार आवश्यक’
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगीहरूले भोगेको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ‘लघु, घरेलु तथा साना उद्योग विकासका लागि कानुनी र प्रक्रियागत सुधार’ विषयमा नीतिगत संवादमार्फत् महासंघले आफ्ना समस्याहरूको सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएको हो । महासंघले बुधबार काठमाडौंमा युएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा नीतिगत संवादको आयोजना गरेको थियो ।
कार्यक्रममा सरकारी तथा निजी क्षेत्र अधिकारीहरूको सहभागिता थियो । बुधबारको संवाद मुख्यतया तीन विषयमा केन्द्रित थिए । वन–स्टप सर्भिस सेन्टर, नेपाली उत्पादनका लागि अनलाइन प्रदर्शनी केन्द्र र सार्वजनिक खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने विषयमा कार्यक्रम केन्द्रित थियो । संवादको पहिलो सत्रमा उद्यमीको समस्या समाधानका लागि एक झ्याल सेवा केन्द्रको प्रावधानमा राख्नुपर्नेमा केन्द्रित थियो । यसमा दर्ता, नवीकरण, करको भुक्तानी र अन्य वैधानिक आवश्यकताका लागि सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए । सत्रमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले विभिन्न तहका सरकारलाई दिएको संवैधानिक भूमिका र कार्यादेशअनुसार एक झ्याल सेवा आवश्यक रहेको बताए । दोस्रो सत्रमा नेपाली उद्यमहरूको बजार पहुँच अभिबृद्धि गर्न अनलाइन प्रदर्शनी केन्द्र प्रवद्र्धन गर्ने विषयमा छलफल भएको थियो ।
नेपाली उत्पादनको बजारमा पहुँच बढाउने सम्भावित उपायहरूको बारेमा छलफल भएको थियो । सो सत्रमा पूर्वअर्थसचिव शिशिर ढुंगानाले अनलाइन प्रदर्शनी केन्द्रको प्रावधानले उपभोक्ताहरूलाई नेपालमा बनेका उत्पादन र सेवाहरू खोज्न सहज गराउने धारणा राखे । कार्यक्रमको तेस्रो सत्र सार्वजनिक खरिदमा स्वदेशी वस्तुको वृद्धि गर्ने व्यवस्था कार्यान्वयन गर्ने विषयमा केन्द्रित थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक खरिदमा १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्ने विद्यमान निर्देशिकामा थप परिमार्जन गर्नुपर्ने बताए ।
महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले कार्यक्रमले नीति निर्माता, नीति कार्यान्वयनकर्ता र निजी क्षेत्रलाई एकै ठाउँमा ल्याउन मद्धत गरेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
- यो वर्ष पनि राजस्व र पुँजीगत खर्च कमजोर
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया