सोलुमा प्याराग्लाइडिङ !
सोलुखुम्बु। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रमा प्याराग्लाइडिङको उडान परीक्षण गरिएको छ । महाकुलुङ गाउँपालिका वडा नम्बर २ को आयोजनामा बुधबार पेल्माङको चोङ्खामा परीक्षण उडान भरिएको वडाध्यक्ष प्रदीप कुलुङले जानकारी दिए ।
बाबु एडभेन्चर्स इन्टरनेसल प्रालिका प्याराग्लाडिङ प्रशिक्षक सानोबाबु सुनुवार र पाइलट मोहनकुमार सुनुवारले वडाध्यक्ष प्रदीप कुलुङलाई प्याराग्लाइडिङमा उडाएका थिए । प्याराग्लाइडिङ उडानमार्फत थप पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले पालिकाको नीति तथा कार्यक्रममा नै यसका लागि बजेट विनियोजन गर्नुपर्ने वडाध्यक्ष कुलुङको धारणा छ ।
नेपालमा प्याराग्लाइडिङ गर्न आउने विदेशी पर्यटकको संख्या दिनहुँ बढिरहेको अवस्थामा प्याराग्लाइडिङले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने प्रशिक्षक सानोबाबू सुनुवारले बताए ।
‘विश्व शिखर सगरमाथा रहेको यो जिल्लाको आकाशमा प्याराग्लाइडिङको सफल उडान भर्न पाउँदा खुसी छु, यहाँको हरेक दृष्य र हरेक भूगोल नै लोभलाग्दा छन्, लाग्छ आकाशमा नै उडिरहुँ जस्तो’, उनले भने ।
यस्तै, स्थानीय झलक राईले आफ्नै आँखाले आफ्नै भूमिमा प्यारालाइडिङ देख्दा आफू अचम्मित भएको बताए । ‘चलचित्रमा हेरेको प्याराग्लाइडिङ अहिले आफ्नै आँखा अघि देख्न पाइयो’ राई भन्छन् ‘खुसीको सीमा नै छैन ।’ जिल्लाको पर्यटन सम्भाव्यतामा साहसिक पर्यटनको रूपमा रहेको प्याराग्लाइडिङ समेत थपिएको भन्दै यसको विकासमा जुट्नुपर्ने धारणा पाइलट मोहनकुमार सुनुवारको छ । विशेष गरी पर्यटकले साहसिक पर्यटनका रूपमा प्याराग्लाइडिङलाई लिने गरेको र त्यसको माध्यमबाट प्राकृतिक दृश्यावलोकनको भरपूर आनन्द लिन सकिने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
- यो वर्ष पनि राजस्व र पुँजीगत खर्च कमजोर
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया