Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘प्राइम–टाइल्स विथ स्टाइल’ नेपाली बजारमा

‘प्राइम–टाइल्स विथ स्टाइल’ नेपाली बजारमा


काठमाडौं । प्राइम सेरामिक्स प्रालिले प्राइम टाइल्स विथ स्टाइलको बिक्री सुरु गरेको छ । भुइँ र भित्ताका लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी रहेको प्राइमको दाबी छ ।

कम्पनीले रौतहटस्थित वृन्दावन नगरपालिका–६ मा इटालियन प्रविधिको स्वचालित उद्योग स्थापना गरेको हो । यस उद्योगले सेरामिक प्रविधिमा अब्बल मानिने इटालियन बहुराष्ट्रिय कम्पनी साक्मीको मेसिन प्रयोग गर्ने भएको छ । जसले गुणस्तरमा शंका गर्ने ठाउँ नै नहुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार हाल नेपालमा वार्षिक १५ अर्ब रुपैँयाको टायल आयात हुने गरेको छ । चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण आयातित टायल अत्यधिक महँगो र पहुँचभन्दा बाहिर रहेको उद्योगको भनाइ छ । उद्योगले देशको कुल खपतको लगभग एक–चौथाइ माग पूरा गर्ने कम्पनीको दाबी छ । उधोगले आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउनेछ ।

स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरूले आफ्नो चाहनाअनुसारको डिजाइनसमेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने भएकाले नेपाली बजारमा यो प्रभावकारी रहेको कम्पनीको दाबी छ ।

विगत दुई दशकदेखि नेपालमा टायल व्यापारको अनुभव बोकेको सिएमएस ग्रुप र फर्चुन भेन्चर्सद्वारा प्रवर्तित प्राइम सेरामिक्स प्रालिको कुल लगानी दुई अर्ब रुपैँया रहेको छ । दैनिक डेढ लाख वर्गफिट उत्पादन क्षमता रहेको यस उद्योगले ३०० जनालाई रोजगारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया