श्रीलंकामा घरेलु ऋण पुनर्संरचना गरिने
श्रीलंका । श्रीलंकाको मन्त्रिपरिषद्ले घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयले प्रस्ताव स्वीकृत गरेको हो ।
श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले ऋण पुनर्संरचना प्रक्रियाले बैंकिङ प्रणालीको स्थायित्वमा असर नगर्ने बताएका छन् । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले यसअघि संसद्मा घरेलु ऋणको पुनर्संरचना गर्दा स्वदेशी ऋणीले लगानीमा पनि घाटा व्यहोर्न बाध्य नहुने बताएका थिए । सरकारी अधिकारीहरूका अनुसार ऋणमा अल्पकालीन रोक लगाउने, ब्याज घटाउने र भुक्तानीमा ढिलाइ गर्ने विधिबाट ऋणको पुनर्संरचना गर्ने उपाय अपनाउन सकिनेछ ।
सन् २०२२ मा खराब वित्तीय संकटको सामना गरेको श्रीलंकाले आर्थिक सुधारका लागि विभिन्न प्रयास गर्दै आएको छ । त्यतिबेला विदेशी ऋण तिर्न निलम्बनको घोषणा नै गरेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको कार्यक्रमलाई ध्यानमा राखेर श्रीलंकाले बाह्य ऋणको पुनर्संरचना प्रक्रिया पनि सुरु गरिसकेको छ ।
श्रीलंकाले आन्तरिक ऋणको पुनर्संरचनाको तयारीका लागि बिहीबारदेखि बैंक तथा वित्तीय संस्थाको कारोबार पाँच दिनका लागि बन्द गर्ने घोषणा पनि गरेको थियो । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले एक स्थानीय टेलिभिजनसँगको कुराकानीमा ऋण पुनर्संरचनाको बारेमा संसद्मा छलफल भइरहेको बेला वित्तीय बजार खुला रहनु अस्वस्थ हुने बताएका थिए ।
श्रीलंकाले चार वर्षका लागि आईएमएफबाट उद्धार प्याकेजस्वरूप लिएको दुई दशमलव नौ अर्ब अमेरिकी डलरको निरन्तरता दिन पुनर्संरचनाका लागि ऋणदाताहरूसँग वार्ता गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया