बाँझो जमिनमा खेती गर्नेलाई अनुदान
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिएको छ । बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले अनुदान दिइएको पालिकाले जनाएको छ । पालिकाको अनुदान कार्यक्रमपछि वर्षौंदेखि बाँझो रहँदै आएको जमिनमा खेती गर्नेको सङ्ख्या बढ्न थालेको पालिकाले जनाएको छ ।
पालिकाले किसानलाई प्रोत्साहनस्वरुप प्रतिरोपनी तीन हजार रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउन सुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । अनुदान पाएपछि वर्षौंदेखि बाँझो रहँदै आएकोे नौ सय ३८ रोपनी जमिनमा किसानले खेती गर्न थालेको उनको भनाइ छ । ‘आर्थिक वर्ष ०७७/७८ देखि गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानका लागि अनुदानस्वरुप प्रोत्साहन रकम दिन सुरु गरेको हो,’ अध्यक्ष भट्टले भने, ‘अनुदान कार्यक्रमले किसानमा जमिन बाँझो राख्नुहुँदैन, उत्पादनमा लाग्नुपर्छ भन्ने भावना विकास हुनुका साथै उत्साह पनि थपेको छ ।’
गाउँमा पछिल्लो समय खेती गर्ने क्रम बिस्तारै घट्दै गएर कृषिजन्य वस्तुको आयात बढ्न थालेको अध्यक्ष भट्टको भनाइ थियो । स्थानीय उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले किसानका लागि प्रोत्साहन नीति ल्याएको उनले बताए । कृषि उत्पादनमा पालिकालाई आत्मानिर्भर बनाउँदै कृषि पेसाबाट स्वरोजगार सिर्जना गर्न पालिकाले सञ्चालन गरिरहेको किसानलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी बनेको स्थानीय कृषक मोहन ढकालले बताए । ‘जमिन बाँझो राखेर लाखौँ रुपैयाँ ऋण काढेर विदेश नै जानुपर्छ भन्ने सोचको विकास हामीमा छ,’ उनले भने, ‘किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमले विदेश जानुभन्दा कृषि पेसाबाट पनि आत्मानिर्भर बन्न सकिन्छ भन्ने धारणा विकास गरिदिएको छ ।’
ढकालका अनुसार साँध सिमानामा छिमेकीले बाँझो जमिनमा खेतीपाती गर्न थालेका छन् । किसानलाई पनि अनुदान कार्यक्रमले राहत पुगेको भन्दै गाउँपलिकाभित्र कृषिजन्य वस्तुको उत्पादन वृद्धि भएको उनको भनाइ थियो । बाली र प्रकृति हेरी बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन बापत अनुदान रकम उपलब्ध गराउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आर्चायले जानकारी दिए । ‘खाद्य र तरकारी बाली खेती गर्नेलाई प्रतिरोपनी तीन हजारसम्म, मसला बाली गर्नेलाई प्रतिरोपनी दुई हजार पाँच सयसम्म, फलफूल बाली लगाउने कृषक, कृषि समूह वा फार्मलाई प्रतिरोपनी रू दुई हजारका दरले अनुदान उपलब्ध गराइएको छ,’ उनले भने ।
गाउँपालिकाले बनाएको कार्यविधिमा बाँझो जग्गाका बारेमा जानकारी नगराउने किसानलाई प्रतिरोपनी दुई सय रुपैयाँका दरले जरिबाना तिराउने व्यवस्थासमेत गरिएको प्रशासकीय अधिकृत आचार्यले बताए । उनका अनुसार प्रोत्साहन रकम लिन चाहने किसानले पालिकाले तयार गरेको कृषक छनोट प्रक्रियामा सहभागी हुनुपर्नेछ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया