फ्रान्समा प्रदर्शन हिंसात्मक
फ्रन्स । प्रहरीको गोली लागि अल्जेरियाली मूलका १७ वर्षीय किशोरको मृत्यु भएपछि फ्रान्समा गत मंगलबारदेखि प्रदर्शन चर्किएको छ । मंगलबार बिहान पेरिसमा ट्राफिक नियम उल्लंघन गरेको आरोमा एक प्रहरीले अल्जेरियाली मूलका नाहेल भनिने किशोरलाई गोली हानेको थियो । नाहेललाई कार चलाइरहेको बेला प्रहरीले गोली हानेको थियो । ट्राफिक प्रहरीको आदेश नमानेको, सडक नियम मिचेको, पैदलयात्रीको ज्यान जोखिममा पारेको भन्दै ट्राफिक प्रहरीले गोली हानेको थियो ।
घटनालाई लिएर मंगलबारदेखि नै प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ठाउँ–ठाउँमा आगो बालेर आवागमनमा अवरोध गरेका छन् । हिंसा बढ्दै गएपछि सरकारले शान्ति सुव्यवस्था कायम गर्न संघर्ष गरिरहेको छ । प्रहरीले करिब एक हजार जनालाई पक्राउ गरेको छ ।
फ्रान्सको गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार नौ सय ९४ जनालाई हिरासतमा लिएको छ । सार्वजनिक सडकमा दुई हजार पाँच सय ६० स्थानमा आगजनी गरिएको, एक हजार तीन सय ५० कार जलेको र दुई सय ३४ वटा भवनमा क्षति वा आगलागीका घटना भएको बताइएको छ । शुक्रबार रातिसम्म ७९ जना प्रहरी घाइते भएका छन् भने ५८ प्रहरी स्टेसनमा आक्रमण भएको छ ।
बीएफएमटीभीका अनुसार मार्सिलेको पुरानो बन्दरगाहमा शुक्रबार साँझ विस्फोट भएको थियो तर कुनै मानवीय क्षति भने भएको थिएन । नाहेललाई गोली हानेको आरोप लागेका अधिकारीलाई जेल लगिएको छ । नाहेलको अन्त्येष्टि शनिबार गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया