Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएप्पलको बजार पुँजीकरण ३० खर्ब डलर नाघ्यो

एप्पलको बजार पुँजीकरण ३० खर्ब डलर नाघ्यो


अमेरिका । आइफोन निर्माता कम्पनी एप्पलको बजार पुँजीकरण थ्री ट्रिलियन (३० खर्ब) अमेरिकी डलरभन्दा माथि पुगेको छ । शुक्रबार आइफोनको सेयरमूल्य प्रतिकित्ता दुई दशमलव तीन प्रतिशतले बढेर एक सय ९३ डलर ९७ सेन्ट कायम भएको छ । यससँगै कारोबार बन्द हुँदा एप्पलको बजार पुँजीकरण ३० खर्ब पाँच अर्ब डलर पुगेको हो । यो वर्ष मात्रै एप्पलको बजार पुँजीकरण नौ सय ८३ बिलियनभन्दा बढीले बढेको छ ।

यससँगै एप्पल ३० खर्ब डलरभन्दा धेरै बजार पुँजीकरण पुग्ने विश्वकै पहिलो कम्पनी बनेको छ । आइफोन र ल्यापटम उत्पादन गरी बिक्री गर्दै आएको एप्पलको सेयरको माग उच्च छ । यो वर्षको छ महिनामा एप्पलको सेयरमूल्य करिब ५० प्रतिशतले बढेको छ । सन् २०२८को अगष्टमा एप्पलको बजार पुँजीकरण १० खर्ब डलर कायम भएको थियो ।

यो वर्ष सुरु भएयता एप्पलको सेयर मूल्य लगभग ५० प्रतिशतले बढेको छ । शुक्रबार न्यूयोर्क स्टक एक्सचेञ्जमा अन्य हाईटेक कम्पनीको सेयर मूल्य पनि बढेको थियो । सन् २०१८ को अगष्टमा एप्पलको बजार पुँजीकरणले पहिलो पटक १० खर्ब डलर पार गरेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया