Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारपुन: ओरालो लाग्यो, सेयरबजार

पुन: ओरालो लाग्यो, सेयरबजार

२१ अंंकले घट्दा चार अर्ब पाँच करोडको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक पुन दुई हजार बिन्दुको वरीपरि घुमेको छ । यसअघि लगातार उकालो लागेर २२ सय अंक नजिक पुगेको बजार परिसुचक यो साता सुरुवाती दुई कारोबार दिन नै लगातार ओरालो लागेपछि दुई हजार बिन्दुको वरिपरी घुमेको हो ।

अघिल्लो दिन ५३ दशमलव ७० अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन २१ दशमलव ३२ अंकले ओरालो लागेर दुई हजार ७५ दशमलव ९७ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १७ अंकले ओरालो लागेर तीन सय ८६ दशमलव ३५ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ७६ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ६४ हजार आठ सय ६८ पटकको कारोबारमा ९४ लाख १८ हजार नौं सय ५२ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम चार अर्ब पाँच करोड १० लाख ७८ हजार तीन सय ७५ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा समुहहरुको कारोबार भएकोमा होटल तथा पर्यटन र ट्रेडिङ समुहको सुचक उकालो लागेर बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया