Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास’

‘सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास’


काठमाडौं । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालमा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास भएको बताएका छन् । सञ्चारमन्त्रीसमेत भइसकेका महराले प्रविधिको विकासले नागरिकको जीवनशैलीलाई धेरै सहज बनाएको बताए ।

‘प्रविधिले विश्वलाई एउटा गाउँमा सीमित गरिदिएको छ’, उनले भने, ‘सूचना प्रविधिको विकासले विश्व एउटा गाउँमा परिणत भएको छ, यसले समय र खर्चलाई समेत घटाएको छ ।’ सोमबार संवाद डबलीले आयोजना गरेको ‘दूरसञ्चार विकास’सम्बन्धी कार्यक्रममा उनले १६ वर्ष पहिला आफू सञ्चारमन्त्री भएको बेलामा ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ नारा तय गर्दा धेरैले विश्वास नगरेको बताए । ‘मैले १६ वर्ष पहिले सञ्चार मन्त्रालयको नेतृत्व गरेपछि सञ्चारमा क्रान्ति गर्न ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ को लक्ष्य राखेको थिएँ’, उनले भने, ‘कतिपयले मलाई फोन गरेरै यो सम्भव छैन भन्नुभएको थियो । तर, अहिले त्योभन्दा पनि माथि पुगेको छ ।’ सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रममा समेटेको महराले बताए ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भौगोलिक अवस्थाका कारण नेपालका सबै क्षेत्रमा दूरसञ्चारको विकास हुन नसकेको बताए । इन्टरनेट सुपरहाइवे भएको बताउँदै खनालले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्य पूरा गर्नुपर्ने दायित्व सबै सरोकारवालाहरूको भएको बताए । त्यसैगरी अध्यक्ष खनालले उपभोक्ता पनि सचेत हुनुपर्ने बताउँदै सम्झौताअनुसारको सेवा नदिए प्राधिकरणमा जानकारी वा उजुरी गर्न आग्रह समेत गरे । सेवा प्रदायकलाई घच्घच्याउनसमेत उनले सेवाग्राहीसँग आग्रह गरे । उनले २०२३ सम्म नेपालका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याइसक्ने लक्ष्य दिएको जानकारी गराए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया