इन्भेष्टमेन्टको लुम्बिनी प्रदेशमा नयाँ एक्सटेन्सन काउन्टर
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । पालिकाको वडा नं २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर खुलेको हो । योसँगै लुम्बिनी प्रदेशमा बैंकको चारवटा एक्सटेन्सन काउन्टर भएको छ । छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्तरूपमा काउन्टरको उद्घाटन गरे ।
उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए । कार्यक्रममा छत्रदेव गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष शंखर पाण्डे, सोही वडाका पूर्ववडाध्यक्ष राजेशकुमार पन्थी, वडा नम्बर ३ का वडाध्यक्ष तेजप्रसाद खनाललगायत स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
उद्घाटनपछि बैंकको अर्घाखाँची शाखाले सेवाग्राहीलाई एक्सटेन्सन काउन्टरमार्फत बैंकले प्रभावकारी सेवा दिने बताएको छ । एक्सटेन्सन काउन्टरमार्पmत सेवा र सञ्जाल विस्तार गर्ने नीति अनुरूप यसअघि पनि विभिन्न स्थानमा एक्सटेन्सन काउन्टर विस्तार गरिसकेको बैंकले जनाएको छ । हाल बैंकले दुई सय ९६ शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिँदै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया