निर्जीवन बीमा कम्पनीहरूले उठाए ३६ अर्ब १९ करोड बीमाशुल्क
सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३६ अर्ब १९ करोड ८८ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा शिखर इन्स्योरेन्स कम्पनी एक्लैले झण्डै पाँच अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको निर्जीवन बीमा कम्पनीहरूको कारोबारसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार शिखर इन्स्योरेन्सले आर्जन गरेको कुल बीमाशुल्क रकम निर्जीवन बीमा कम्पनीहरूमध्येकै सबैभन्दा बढी हो ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा निर्जीवन बीमा कम्पनीहरूले कुल २५ लाख ३७ हजार चार सय १६ वटा बीमालेख जारी गरेका छन् । जेठ महिनामा मात्र भने निर्जीवन बीमा कम्पनीहरूले एक लाख ९१ हजार दुई सय २६ वटा बीमालेख जारी गरी तीन अर्ब ५० करोड ९२ लाख २८ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेका छन् । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले मात्र कुल दुई लाख ४२ हजार एक सय १९ वटा बीमालेख जारी गरी चार अर्ब ७६ करोड आठ लाख ३७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
शिखरले आर्जन गरेको यो बीमाशुल्क सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूमध्येमा सबैभन्दा उच्च हो । कुल बीमाशुल्क आर्जनमा दोस्रो स्थानमा पर्न सफल भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले जेठ मसान्तसम्म तीन लाख पाँच हजार छ सय ३३ वटा बीमालेख जारी गरी चार अर्ब आठ करोड ८६ लाख २५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भने तीन लाख १३ हजार छ सय दुईवटा बीमालेख जारी गरी चार अर्ब एक करोड ७४ लाख ४७ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्सले भने दुई लाख २५ हजार चार सय ६२ वटा बीमालेख जारी गरी तीन अर्ब १४ करोड ६७ लाख ९१ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको ११ महिनामा दुई लाख ३९ हजार आठ सय ३६ वटा बीमालेख जारी गरी तीन अर्ब छ करोड २३ लाख ८३ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको छ । यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले दुई लाख २२ हजार छ सय ७१ वटा बीमालेख जारी गरी तीन अर्ब एक करोड ९९ लाख ८६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स कम्पनीले दुई लाख ५१ हजार आठ सय आठवटा बीमालेख जारी गरी दुई अर्ब ६६ करोड ९४ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो अवधिमा राष्ट्रिय बीमा कम्पनीले भने ५० हजार तीन सय २२ वटा बीमालेख जारी गरी दुई अर्ब २६ करोड २३ लाख ७३ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ । यसबाहेक, एनएलजी इन्स्योरेन्स कम्पनीले एक लाख ८३ हजार चार सय ९२ वटा बीमालेख जारी गरी दुई अर्ब १४ करोड ८३ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्सले पनि एक लाख ६० हजार सात सय ८८ वटा बीमालेख जारी गरी दुई अर्ब चार करोड ८१ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ६५ हजार एकसय ६२ वटा बीमालेख जारी गरी एक अर्ब ४१ करोड तीन लाख ४२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा प्रभु इन्स्योरेन्स कम्पनीले एक लाख नौ हजार पाँच सय ८६ वटा बीमालेख जारी गरी एक अर्ब ४० करोड ७७ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ३६ हजार तीन सय ७२ वटा बीमालेख जारी गरी एक अर्ब २४ करोड ८६ लाख ८४ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको छ भने नेसनल इन्स्योरेन्स कम्पनीले भने ३० हजार पाँच सय ६३ वटा बीमालेख जारी गरी ९० करोड ७५ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
- बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
- भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया