दोलखामा ४३ प्रतिशत रोपाइँ
दोलखा। सिँचाइको अभावका कारण असारको तेस्रो सातासम्म पनि दोलखामा ४३ प्रतिशत मात्रै रोपाई भएको छ । सिँचाइको अभावकै कारण गत वर्षको तुलनामा यस वर्ष कम रोपाइँ भएको हो । गत वर्ष यही समयसम्म करिब ५५ प्रतिशत रोपाइँ सकिएको थियो ।
नेपालमा ढिलो मनसुन सुरु भएका कारण किसानले यस वर्ष ढिलो रोपाइँ सुरु गरेको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभर सिँचाइका सुविद्या भएको ४३ प्रतिशत भूभागमा रोपाइँ सकिएको हो । सिँचाइ पहुँच र सिमक्षेत्रमा रोपाइँ सकिए पनि मुख्य धान हुने फाँटका खेतहरूमा अझै रोपाइँ सुरु हुन नसकेको केन्द्रले जनाएको छ । कार्यालयका कृषि विकास अधिकृत नन्दराज ओलीका अनुसार दोलखाका धेरैजसो ठाउँमा सिँचाइ अभावका कारण धान रोपाइँ गर्न आकाशे पानीको भर पर्नुपर्छ । समयमा नै पानी नपरेकाले खेतमा कम रोपाइँ भएको उनको भनाइ छ ।
जिल्लामा यस वर्ष दुई हजार ९०१ हेक्टर भूभागमा धान खेती हुने अनुमान गरिएको छ । गत वर्ष तीन हजार दुई हेक्टर भूभागमा धानखेती भएको थियो । आकाशे पानीको भरमा यहाँ साउनको अन्तिमसम्म पनि रोपाइँ गर्ने गरिन्छ । सिँचाइको पहुँच भएका स्थानमा अहिले रोपाइँ जारी छ । जिल्लाको निम्कोट, गोपी, बैती, जिलु, चनौटे, गैरीलगायतका खेतमा रोपाइँ सकिएको छ । अन्य क्षेत्रमा भने वर्षा भर्खरै सुरु भएकाले धमाधम रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- अब हामीले बोक्ने सवारी चालक अनुमतिपत्र कस्तो हुन्छ?
- इजरेली हमलामा दुईजना सैनिक मारिएपछि इरानले भन्यो : ‘हामीसँग प्रतिरक्षाको अधिकार छ’
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया