Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो हुँदैन’

‘निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो हुँदैन’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

पूर्व उर्जामन्त्रीसमेत रहेका अध्यक्ष लिङ्देनले सबै जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने बताए । जलविद्युत् आयोजनाको पीपीए रोक्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै उनले पीपीए खुला गर्न आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । भेटमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रको मनोबल घटेको, अर्थतन्त्र मन्दीमा रहेकाले सबै दलहरूले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै बजेटको प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए खुला गरी निर्माणको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । भेटकम अध्यक्ष अग्रवालले भूतप्रभावी हुने गरी कर लगाउँदा लगानीकर्ताहरू हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया