रिलायबल नेपाल लाइफको आईपीओ २७ गतेदेखि
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि प्रिमियम मूल्यमा साधारण सेयरको बिक्री आह्वान गरेको हो । यसअन्र्तगत कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा एक सय ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता दुई सय ५७ रुपैयाँमा अन्तिम मूल्यमा साधारण सेयरको बिक्री आह्वान गरेको छ ।
जारी पुँजी चार अर्ब रुपैयाँ रहेको कम्पनीले ३० प्रतिशतका दरले हुन आउने एक अर्ब २० करोड रुपैयाँ बराबरको एक करोड २० लाख कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको छ । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि, कुल सेयरको पाँच प्रतिशत अर्थात् छ लाख कित्ता सेयर सामूहिक लगानी कोषको लागि र पाँच प्रतिशत अर्थात् छ लाख कित्ता सेयर कम्पनीका कर्मचारीका लागि (प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ । सोअनुसार सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ ।
पहिलो चरणमा भने कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि साधारण सेयरको बिक्री आह्वान गरेको छ । यसअन्तर्गत यही असार २७ गतेबाट खुल्ला हुने साधारण सेयरको बिक्री कार्य यही साउन १० गतेसम्म कायम रहने छ । खरिदकर्ताले न्यूनतम १० देखि अधिकतम पाँच हजार चार सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया