समता स्कुललाई एभरेस्ट बैंकको सहयोग
काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कुललाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले वीरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यले सहयोग गरेको जनाएको छ ।
वीरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनका लागि दुई लाख रुपैंयाँ आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । विद्यालय परिसरमा आयोजित एक समारोहका बीच बैंकका मधेश प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सहयोग रकमको चेक विद्यालयलाई हस्तान्तरण गरेका छन् । यसबाट कैदीबन्दीका छोराछोरीलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, प्रधानाध्यापक मिश्राले एभरेस्ट बैंकको सहयोगले कैदीबन्दीका छोराछोरीहरुको शिक्षामा थप सहज हुने र सो विद्यालय वीरगञ्ज क्षेत्रकै साझा सम्पत्ति भएकाले सबैले यसलाई जगेर्ना गर्नुपर्ने कुरा उल्लेख गरे ।
बैंकले हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आप्mनो एक सय २६ वटा शाखा सञ्जाल, तीनवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, एक सय ६१ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया