प्रभु क्यापिटलद्वारा चिकित्सकलाई प्रशिक्षण
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ललितपुरमा मेडिकल चिकित्सकलाई प्रशिक्षण दिएको छ । क्यापिटलले चिकित्सकलाई एक दिने सेयर बजारमा लगानीसम्बन्धी तालिम दिएको हो । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मीस्थान, ललितपुरमा २०८० असार १३ गते सम्पन्न भएको कम्पनीले जनाएको छ ।
व्यस्तताका कारण चिकित्सकहरूले सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने भएकाले कार्यक्रम आयोजना गरिएको क्यापिटलले जनाएकोे छ । तालिममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ३० जनाभन्दा बढी चिकित्सकहरूको सहभागिता थियो । व्यस्त समय तथा सेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएकाकारण चिकित्सकहरूले प्रभु क्यापिटल लिमिटेडको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरूको विषयमा कार्यक्रम प्रभावकारी भएकोे चिकित्सकहरूले बताएका थिए ।
सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले सेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रम समयसमयमा सञ्चालन गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया