Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारअप्पर कटाइ तथा सिलाइ तालिम

अप्पर कटाइ तथा सिलाइ तालिम


काठमाडौं । ललितपुर महानगरपालिकामा अप्पर कटाइ तथा सिलाइ तालिम सञ्चालन भएको छ । असार ७ गतेदेखि महानगरको वडा नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य वस्तु उत्पादन कार्यक्रमअन्तर्गत अप्पर कटाइ तथा सिलाइ तालिम सञ्चालन गरिएको हो । सार्की समुदायको पुर्ख्यौली व्यवसायको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले कार्यक्र्रम आयोजना गरिएको नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरिराम बोगटीले बताए । तालिम महानगर र संघको संयुक्त आयोजना सञ्चालन भएको हो ।

प्रशिक्षार्थीमध्ये उत्कृष्ट ७ जनालाई सिलाइ कटाइ मेसिनसमेत दिइने अध्यक्ष बोगटीले जानकारी दिए । तालिम अनुभवी रामेश्वर बोगटीले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक बोगटीले भियतनामबाट १८ महिने छाला जुत्ता एवम् अर्थोपेडिकसम्बन्धी डिप्लोमा र नेदरल्याण्डमा तीन महिने तालिमसमेत लिएका छन् । तालिममा सार्की समुदायका १४ जना प्रशिक्षार्थीमध्ये चार जना पुरुष र १० जना महिलाको सहभागिता रहेको छ ।


क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #page 3

तपाईको प्रतिक्रिया