फेसबुकको माउ कम्पनी मेटाले ट्विटरको विकल्प सुरु गर्ने
अमेरिका । फेसबुकको माउ कम्पनी मेटाले ट्विटरको विकल्प दिने भएको छ । मेटाले ‘थ्रेड्स’ भनिने नयाँ एप आगामी बिहीबार सुरु हुने बताएकोे छ । एलोन मस्कको स्वामित्वमा रहेको ट्विटरका प्रयोगकर्ताहरूले विकल्पको रूपमा ‘थ्रेड्स’ प्रयोग गर्न सक्नेछन् ।
थ्रेड्स एप इन्स्टाग्रामसँग जोडिएको छ । जुन बिहीबार लन्च हुनुअघि मंगलबार एप्पल एप स्टोरमा देखा परेको छ । एपको सबै काम पूरा भइसकेकाले प्रि–अर्डरका लागि एप स्टोरमा उपलब्ध रहेको बताइएको छ । मेटाले रिलिजको लागि काउन्टडाउन वेबसाइट सुरु गरेको छ ।
अमेरिकी खर्बपति एलोन मस्कले ट्विटर किनेयता धेरै प्रयोगकर्ता तान्न नसकेको देखेर जुकरबर्गले यो एप ल्याउन लागेका हुन् । थ्रेड्स एपले ट्विटरमा देखा परेका धेरै समस्याहरू समाधान गरेर प्रयोगकर्तालाई तान्न सक्ने मेटाले जनाएको छ ।
यस्तै, भर्खरै भइरहेका र ट्रेन्डिङ विषयहरूमा चर्चा परिचर्चा गर्नसक्ने बताइएको छ । ट्विटरजस्ता अन्य धेरै एपहरू खुलेका छन् । तर, हेर्दा ट्विटरजस्तै देखिने र ट्विटरमा जस्तै पोस्ट तथा विचार व्यक्त गर्न सकिने व्यवस्था गरिएको छ । यहीकारण ‘थ्रेड्स’लाई ट्विटरको लागि अहिलेसम्मकै ठूलो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया