पाँच कम्पनीले पाए आईपीओ निष्काशन गर्ने अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाँचवटा कम्पनीलाई पाँच अर्ब ५२ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको लागि अनुमति दिएको छ । बोर्डका अनुसार दुईवटा जलविद्युत्, दुईवटा बीमा र एउटा लगानी समूहअन्र्तगतको कम्पनीलाई दुई करोड ६९ लाख आठ हजार एक सय ७० कित्ताका दरले हुन आउने पाँच अर्ब ५२ करोड ४७ लाख दुई हजार दुई सय २० रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने अनुमति दिएको हो ।
अनुमति पाएका कम्पनीमध्ये हाथवे इन्भेस्टमेन्ट कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर जारी गर्नेछ । उक्त कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । यसैगरी मिड सोलु हाइड्रोपावर कम्पनीले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार आठ सय कित्ता साधारण सेयर जारी गर्नका लागि अनुमति पाएको छ । यो कम्पनीको सेयर निष्काशन एवम् बिक्री प्रबन्धकको रूपमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डले मन्दु हाइड्रोपावर कम्पनीलाई पनि एक सय रुपैयाँ अंकित मूल्यमा एक सय छ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता दुई सय छ रुपैयाँ अन्तिम मूल्यमा ३३ करोड ३७ लाख ९२ हजार दुई सय २० रुपैयाँ बराबरको १६ लाख ३६ हजार तीन सय ७० कित्ता साधारण सेयर निष्काशन गर्नका लागि अनुमति पाएको छ । यो कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डले सन लाइफ इन्स्योरेन्स कम्पनीलाई पनि एक सय रुपैयाँ अंकित मूल्यमा एक सय ३९ रुपैयाँ प्रिमियम थप गरी अंकित मूल्य दुई सय ३९ रुपैयाँ कायम रहेको दुई अर्ब २२ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर जारी गर्नका लागि अनुमति दिएको छ । बोर्डका अनुसार कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यसैगरी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले पनि एक सय रुपैयाँ अंकित मूल्यमा एक सय ४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता दुई सय ४४ रुपैयाँको दरमा दुई अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरको एक करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ । बोर्डका अनुसार कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया