Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइङवा हाइड्रोपावर र पीसीएसबीच सम्झौता

इङवा हाइड्रोपावर र पीसीएसबीच सम्झौता


काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेड र प्रोफेसनल कम्युटर सिस्टम प्रालि (पीसीएस)बीच सेयर व्यवस्थापन प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा हाइडोपावरका प्रमुख कार्यकारी सञ्चालक सतिस न्यौपाने, सेयर विभाग प्रमुख सुजन अधिकारी र पीसीएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद इल्ताफ हुसैन अन्सारी तथा प्रमुख बजार व्यवस्थापक किर्तनराज दाहालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार पीसीएसले उपलब्ध गराउने प्रणालीबाट हाइड्रोपावरको सेयर व्यवस्थापन हुनेछ । यो प्रणाली लागू भएपछि हाइड्रोपावरले वितरण गर्ने लाभांशको हिसाब गर्न, बाँडफाँट गर्न सहज हुने बताइएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा हाइड्रोपावरका सञ्चालक सञ्जीव न्यौपाने, लेखा अधिकृत तथा कम्पनी सचिव गोकुल पाण्डे र प्राविधक शाखा प्रमुख आशीष फुयाँल र पीसीएसका प्रमुख बजार व्यवस्थापक दाहालसहित सन्तोष श्रेष्ठको उपस्थिति थियो । पीसीएसले अहिलेसम्म एक सय ३० भन्दा धेरै सूचीकृत कम्पनीहरूको सेयर व्यवस्थापनका लागि सफ्टवेर उपलब्ध गराउँदै आएको छ ।

नौ दशमलव सात मेगावाटको इङवा हाइड्रोपावर लिमिटेड पाँचथर जिल्लामा अवस्थित छ । गत वैशाखमा सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हाइड्रोपावरको भौतिक प्रगति ९५ प्रतिशतभन्दा बढी भइसकेको छ । आगामी मंसिरभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारीसहित काम भइराखेको कम्पनीले जनाएको छ । एक अर्ब ९५ करोड लगानीमा निर्माण भइरहेको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रमुख लगानी छ ।

हाइड्रोपावरले गत वैशाखमा स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी, म्युचुअल फण्ड कम्पनीहरू र सर्वसाधारणलाई कुल ३० प्रतिशत सेयर निष्काशन गरेको थियो । अहिले हाइड्रोपावरको साधारण सेयर निष्काशन तथा बाँडफाटको सबै प्रक्रिया पूरा गरी धितोपत्र बजारमा सूचीकृत भई दोस्रो बजारमा कारोबार भइराखेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया