Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखाद्यसामग्रीको आयात नहुँदा बजारमा महंगी चुलियो

खाद्यसामग्रीको आयात नहुँदा बजारमा महंगी चुलियो


विराटनगर,बैशाख ११
कोरोना भाइरस (कोभिड–१९)को महामारीका बीच एक महिना लामो लकडाउन घोषणा गरेको सरकारलाई अपेक्षाकृत खाद्य सामग्रीको आयात नभएको कारण अहिले बजार व्यवस्थापनमा निकै कठिनाइ पर्न थालेको छ ।देश लकडाउनमा गएको एक महिना बितिसक्दा प्रदेश एकको मुख्य भन्सारनाका विराटनगर भन्सार भएर अपेक्षकृत खाद्य सामग्रीको आयात नभएपछि अहिले सरकारलाई बजार व्यवस्थापन तथा आपूर्ति व्यवस्थालाई लिएर थप चुनौती थपिएको हो ।

लकडाउन अझै लम्बिदै जाने हो कि भन्ने त्रासले गर्दा खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको आयात, वितरण र बजार व्यवस्थापनमा सरकारलाई थप चुनौतीको सामाना गर्नुपर्ने निश्चित भएको छ । पछिल्लो समय सरकारी ढुकुटीमा रहेको खाद्यान्नको भण्डारणसमेत रित्तिदै जान थालेको सरकारी उच्चस्रोतले बताएको छ ।

सरकारी उच्चस्रोतले दिएको जानकारीअनुसार अहिले सरकारसँग २० हजार मेट्रिकटन चामल, ५५० क्वीन्टल दाल, एक सय ६० मेट्रिकटन नुन र करिब छ हजार मेट्रिकटन चिनी मात्र स्टक रहेको अनुमान गर्न थालिएको छ । नुनबाहेक चामल, दाल, तेल र चिनीको अवस्था पछिल्लो समय अत्यन्त नाजुक रहेको रहस्य खुल्न पुगेको छ ।

यी वस्तुहरूको आपूर्ति व्यवस्थापन सरकारले तत्काल गर्न नसकेमा केही छिटपुट सञ्चालनमा आएको बजारमा भयाभहको अवस्था आउने स्पष्ट रहेको दाबी निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छ । जसले गर्दा सरकारको भण्डारण रित्तिदै जाने र अर्कोतर्फ खाद्यान्नको आयातसमेत अपेक्षा गरेअनुसारको हुन नसक्दा अहिले सरकारमाथि थप दबाब पर्न थालेको दाबी निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छ । सहज अवस्थामा विराटनगर भन्सार नाका भएर दैनिक १० देखि १२ गाडी खाद्यान्य भन्सार नाका हुँदै विराटनगर भित्रिदै आएकोमा लकडाउनपछि हप्तामा ८ देखि १० गाडी मात्र खाद्यान्यको आयात हुँदै आएको कुरा विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारीले जानकारी दिए । यो अवस्थालाई हेर्दा पनि अव चाँडै खाद्यान्यको अवस्था नाजुक हुँदै जाने अनुमान गर्न थालिएको छ ।

सरकारी निकायको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकामा समेत करिब २० हजार मेट्रिकटन चामल स्टक रहेको कुरा उच्चस्रोतले बताएको छ । यसले अबको ३–४ महिना मात्र धान्न पुग्ने अवस्था सरकारसँग भएको बताइएको छ । करिब एक महिनादेखि विराटनगर भन्सार नाका हुँदै चामलदेखि अहिले तेल र दालसमेत आयात भएको छैन । तेल र दालको बजारमा अभाव देखिन थालेसँगै अहिले बजारमा खाने तेलको मूल्य वृद्धिसमेत भएको छ । खाद्य सामग्रीमा मुल्यवृद्धि भएको सम्बन्धमा एक उद्योगीले भने पहिले ढुवानीको साधनको दुईतर्फी भाडा म्यानेज हुन्थ्यो । आउदा जाँदा दुवैतर्फ सामान लोड हुन्थ्ये ।

तर, अहिले त्यस्तो अवस्था छैन । अहिले एकतर्फीबाट मात्र सामान ल्याउनु पर्ने र त्यसैमा भाडा म्यानेज गर्नुपर्ने बाध्यता छ । यसले गर्दा बजारमा सामानको भाउ महंगो पर्न गएको हो भनी आफ्नो बचाउ गरेका छन् । खाद्यान्नबाहेक दैनिक उपभोग्य वस्तुभित्र पर्ने नुन, चिनीको अवस्था हेर्दा पनि हाल सरकारसँग १६० मेट्रिकटन नुन र छ हजार मेट्रिकटन चिनी मात्र स्टक रहेको समाचारस्रोतले बताएको छ । जसले गर्दा नुन र चिनीका लागि एकाधिकार पाएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनसँग अहिलेको अवस्थामा करिब १० महिनालाई पुग्ने एक सय ६० मेट्रिकटन नुन र एक महिनालाई पुग्ने छ मेट्रिकटन चिनीको स्टक रहेको कुरा उच्च सरकारीस्रोतले बताएको छ । सामान्य अवस्था पनि मासिक २० हजार मेट्रिकटन चिनी खपत हुँदै आएको थियो अब भएको स्टकले कत्ति दिन भ्याउने हो केही थाहा नभएको उच्चस्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x