Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपूर्वअरनिको यातायातमा एसीसहितको बस

पूर्वअरनिको यातायातमा एसीसहितको बस


काठमाडौं । पूर्वअरनिको यातयात कम्पनीले एसीसहितको बस सेवा सुरु गरेको छ । काठमाडौंदेखि चरिकोट हुँदै उत्तरी क्षेत्र चल्नेएसीसहितको बस सेवा बुधबारदेखि सञ्चालनमा आएको हो ।

बसमा एअर कन्डिसनसहित व्यवस्थित सिट, वाइफाइ र एसीको सुविधा रहेको कम्पनीले जनाएको छ । काठमाडौंबाट प्रत्येक दिन बिहान ६ बजे छुट्ने बस चरिकोट हुँदै सुनखानी, सिँगटी, गोंगर र लामाबगरसम्म चल्नेछ । यस्तै, गोंगरबाट पनि बिहान ६ बजे काठमाडौंका लागि बस छुट्ने कम्पनीले जनाएको छ । अरनिको यातयात काउण्टर दोलखाका ईन्चाज रविन चौलागाँईका अनुसार सुविधा सम्पन्न बस सञ्चालनमा आए पनि बस पार्किङ गर्ने बसपार्क नहुँदा समस्या भएको छ । व्यवस्थित बसपार्क नहुँदा गाडी पार्किङ गर्न समस्या भएको सवारी चालकहरुको दुखेसो छ । सडकमा जताततै सवारी रोक्दा सर्वसाधारण स्थानीयवासी तथा पैदलयात्रीलाई समस्या भएको उनीहरूको गुनासो छ ।

काठमाडौं–चरिकोट हुँदै दैनिक दुई सयको हाराहारीमा जिल्लाका ग्रामीण भेग हुँदै सवारी चल्ने गरेका छन् । बसपार्क नहुँदा सडकको दायाँबायाँ, होटल, स्थानीयका घर अगाडि पार्किङ गरेर बस्ने यात्रुबाहक बस, मालबाहक गाडी, बोलेरो जिप तथा मोटरसाइकललगायतका सवारीको भिड लाग्ने गर्छ । सडक अवरुद्ध हुने गरी बजारमै मान्छे ओराल्ने, चढाउने गर्दा दुर्घटनाको समेत जोखिम रहेकोे जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया