दुई हजार ४९ बिन्दुमा रोकियो सेयर बजार
शुन्य दशमलव शुन्य छ अंकले घट्दा तीन अर्ब सात करोडको सेयर खरिद–बिक्री
काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्ले दिन झण्डै ४० अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने शुन्य दशमलव शुन्य छ अंकले घटेर दुई हजार ४९ दशमलव ३८ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबा मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५८ अंकले ओरालो लागेर तीन सय ८२ दशमलव १६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८० वटा कम्पनीहरुको ६९ हजार पाँच सय ५५ पटक सेयर किनबेच भएका छन् । जसअन्तर्गत ९७ लाख ५१ हजार नौं सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब सात करोड ७४ लाख ९८ हजार तीन सय १५ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको कारोबार भएकोमा बाणिज्य बैंक, फाईनान्स, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य उपसमुहको सुचक ओरालो लागेका छन भने बिकास बैंक, होटल तथा पर्यटन, जलबिद्युत, जीवन बीमा, उत्पादनमुलक र ट्रेडिङ उपसमुहको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया