Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसम्बन्धमा सुधार गर्ने अमेरिकी प्रयास, अर्थमन्त्री येलेन चीन भ्रमणमा

सम्बन्धमा सुधार गर्ने अमेरिकी प्रयास, अर्थमन्त्री येलेन चीन भ्रमणमा


अमेरिका । अमेरिकी अर्थमन्त्री जेनेट येलेन विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले बिहीबार बेइजिङ पुगेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले चीनको दुर्लभ भ्रमण गरेको केही हप्तापछि येलेनले पनि भ्रमण गरेकी हुन् । यो उनको पहिलो चीन भ्रमण हो ।

स्थानीय समयअनुसार साँझ पाँच बजेपछि बेइजिङ पुगेका उनलाई चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्स र चिनियाँ अर्थ मन्त्रालयका अधिकारी याङ यिङमिङले स्वागत गरेका थिए ।

ट्रेजरीका एक अधिकारीका अनुसार यो भ्रमणले येलेनले पत्राचारका लाइनहरू विस्तार गर्ने, गलत सञ्चारबाट बच्ने र विश्वव्यापी अर्थव्यवस्था, जलवायु परिवर्तन, ऋण संकट र अन्य मुद्दाहरूमा सहयोग विस्तार गर्ने प्रयास गर्नेछिन् ।

चीनको आर्थिक पुनरुत्थान र अमेरिकी ब्याजदर वृद्धिको चिन्ताको सामना गर्दै उनको भ्रमणले दुवै पक्षका अधिकारीहरूलाई उनीहरूको देशको विकासको दृष्टिकोणको बारेमा बोल्ने मौका पनि दिन सक्छ । रासस


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया