काठमाडौंका सबै कोरोना संक्रमित डिस्चार्ज संक्रमितको संख्या ४८ पुग्यो
काठमाडौं,बैशाख १२
काठमाडौं उपत्यकामा कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका सबै बिरामी निको भएर डिस्चार्ज भएका छन् । बिहीबार ललितपुरको पाटन अस्पतालबाट दुई जना डिस्चार्ज भएका छन् । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला डिस्चार्ज भएका हुन् ।
यस्तै, बिहीबार नै कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिला पनि कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएकी छिन् । लगातार दुई पटकको परीक्षणमा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
बुधबार काठमाडौंको टेकु अस्पतालबाट एक जना र धनगढीको सेती अस्पतालबाट एक जना गरी दुई डिस्चार्ज भएका थिए । यसअघि धनगढीबाटै दुई जना, काठमाडौंबाट दुई जना र बागलुङबाट एक जना डिस्चार्ज भएका थिए ।
काठमाडौंमा बिरामी नदेखिएपछि लकडाउनलाई केही खुकुलो पार्ने आशा सर्वसाधारणले गरेका छन् । काठमाडौंमा विकास निर्माणको काम पनि क्रमशः अगाडि बढिरहेको छ । संक्रमण नदेखिएमा केही निश्चित शर्तमा केही भूभागलाई क्रमशः खोल्दै जाने योजना सरकारले बनाएको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमित नभेटिए पनि बिहीबार साँझ भोजपुरका एक युवामा कोरोना पोजेटिभ देखिएको छ । उनी गत फागुनमा साउदी अरबबाट नेपाल आएको बताइएको छ ।
उदयपुर र सर्लाहीको धनकौल गाउँपालिका–५मा थप एक÷एक जनामा कोरोना भाइरस कोभिड–१९ का संक्रमित भएको फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उदयपुरमा ५५ वर्षीय महिला र सर्लाहीमा १४ वर्षीय एक बालकमा कोरोना पोजेटिभ देखिएको हो । ती बालक केही दिनअगाडि भारतबाट आफ्नो घर नेपाल आएका थिए ।
बिहीबार दुई जना थप भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । बिहीबार कोरोना संक्रमितको संख्या ४७ पुगेकै दिन तीन जना कोरोनाबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोनाको संक्रमण नदेखिएका ठाउँहरुमा पनि लकडाउन जारी राख्दा जनजीवन थप प्रभावित बन्नपुगेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन सप्तरीबाट १३ जनाको उद्धार
- विराटनगरमा हुन्डीको कारोबार फस्टाउँदै, प्रशासन मौन
- समसामयिक राजनीतिक व्यङ्ग्य
- दुई महिनामा ३५ अर्ब बढ्यो बैंकहरूको निक्षेप
- सेवा रेमिटको लाइसेन्स खारेज
- २५ करोड बढी कारोबार गर्ने चार सय करदाता केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध
- रवि र दुर्गा प्रसाईँ पक्राउपछि उदाङ्गिएको आईजी कुँवरको नैतिकता !
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया