काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले नक्साल स्थित बाल मन्दिरमा विश्व ब्याडमिन्टन दिवस मनाएको छ । अभिभावकविहीन तथा जोखिममा रहेका बालबालिकालाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीहरूसँग ब्याडमिन्टन सिक्ने अवसर पाएका थिए । साथै, यस खेलको प्राविधिक शब्दावलीबारे बालिकालाई जानकारी दिएको छ । कार्यक्रममा ७० भन्दा बढी बालिकाको उपस्थिति रहेको थियो । उनीहरूले खेल्नुको साथ नाचगान गर्दै मनोरञ्जन पनि गरेका थिए ।
कार्यक्रममा एकेडेमीकी अध्यक्ष रिता विष्टले बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई मायाको चिनो प्रदान गरिन् । काठमाडौं ब्याडमिन्टन एकेडेमीका सचिव दीपक थापाले गत वर्षको विश्व ब्याडमिन्टन दिवस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा मनाएको र यो दिवसलाई यसपालि फरक तरिकाले मनाउन बाल मन्दिर छनोट गरिएको जानकारी दिए । एकेडेमीले विश्व ब्याडमिन्टन दिवसमा प्रयोग गरेका सम्पूर्ण खेल सामग्री बाल मन्दिरलाई हस्तान्तरण गरेको छ ।
बाल मन्दिरका बालिकालाई एकेडेमीका खेलाडीसहित नेपालका नम्बर एक महिला खेलाडी रसिला महर्जनले ब्याडमिन्टनको ¥याकेट समातेर सटललाई प्रहार गर्दै नेट कटाउन सिकाएकी थिइन् । यसै अवसरमा रसिलाले आफूले जितेको पुरस्कारको १० प्रतिशत रकम बालिकाहरूको शिक्षाको लागि बाल मन्दिरलाई प्रदान गर्ने घोषणा गरिन् । उनले हालै अन्नपूर्ण र प्रधानमन्त्री कपको उपाधि जितेकी छिन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया