Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन चयन

नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन चयन


काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख आतिथ्यतामा भएको उक्त साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गरेका थिए । साधारणसभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रञ्जित चयन भएका छन् । उनीहरूको चयनबाट संस्थाको नेतृत्व समूह अझ बलियो भएको र नयाँ नेतृत्वले संस्थालाई नयाँ अवधारणामा अघि बढाउने विश्वास गरिएको छ ।

दोस्रो वार्षिक साधारणसभा च्याप्टरका लागि महत्वपूर्ण कोशेढुंगा बन्ने अपेक्षा गरिएको छ । साधारणसभाले व्यावसायिक प्रगति, सञ्जालीकरणको अवसर तथा सामुदायिक सहभागिताको प्रतिबद्धता व्यक्त गरेको हुँदा यसले संस्थाको सशक्तीकरणमा ठूलो योगदान गर्ने संस्थाको विश्वास छ । सुुबिनको गतिशील नेतृत्व र उनको समर्पित टिमबाट संस्थाले नयाँ उचाइ हासिल गर्ने अपेक्षा पनि संस्थाको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया