Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपुँजीबजार फोरमको सदस्यमा सागर ढकाल

पुँजीबजार फोरमको सदस्यमा सागर ढकाल


काठमाडौं । पुँजीबजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्षसमेत रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार फोरमको सदस्यमा चयन भएका हुन् ।

नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढीको अनुभव हासिल गरेका ढकाललाई फोरमको सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नियुक्त गरेका हुन् । लामो समयदेखि नेपालको पुँजीबजारलाई नजिकबाट बुझेका ढकालको नियुक्तिसँगै आगामी दिनमा पुँजीबजारलाई सुदृढ गर्दै सशक्तरूपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास छ । ढकाल केही दिनअघि धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट सञ्चालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) को अध्यक्ष पनि हुन् ।

संसद्को अर्थ समितिले तत्काल ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेको अवस्थामा ढकालले सो समितिअन्तर्र्गतका हरेक सांसदलाई भेटेर पुँजीबजारको दायरा र नयाँ ब्रोकरको सम्बन्धमा वास्तविकता बुझाएर सबैलाई नयाँ ब्रोकर लाइसेन्स दिलाउन पहल गरेका थिए ।

ढकालसँग हालसम्म आधा दर्जन वित्तीय संस्थामा सञ्चालकको रूपमा काम गरेको अनुभव छ । व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकाल कानुन विषयमा समेत जानकार छन् । हाल उनी पाटन उच्च अदालतका बारको कार्यकारी सदस्यसमेत छन् । आफू पुँजीबजार फोरमको सदस्य भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोबल उकास्दै नेपालको सेयरबजारलाई थप सुदृढ र विश्वसनीय बनाएर अघि बढाउन पहल गर्ने बताए । ‘हितग्राही खाताको आधारमा ५६ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको सेयरबजार अहिले शिथिल भएको छ,’ उनले भने, ‘आगामी दिनमा लगानीकर्ताको मनोबल उच्च बनाउँदै सेयरबजारको वृद्धि र विकासमा लाग्नेछु ।’ जोय ग्रुपका अध्यक्ष रहेका ढकालको एक दर्जनभन्दा बढी कम्पनीमा लगानी छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया