सीबीफिन, डोल्मा कन्सल्टिङ र आईआईएनबीच सम्झौता
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन), डोल्मा कन्सल्टिङ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) सम्झौता भएको छ । इन्भारमेन्टल, सोसियल एन्ड गर्भनेन्स (ईएसजी) सँग सम्बन्धित गतिविधि सञ्चालनका लागि तीन संस्थाबीच सहकार्य गर्ने सम्झौता भएको हो ।
सम्झौतापत्रमा सीबीफिनका अध्यक्ष पवनकुमार गोल्यान, डोल्मा कन्सल्टिङका प्रबन्ध निर्देशक जोसेफ सिल्भानस र आईआईएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले बिहीबार हस्ताक्षर गरेका हुन् ।
लगानीकर्ता संस्था÷कम्पनीले लगानी गर्दा वातावरणीय, सामाजिक र सुशासनको क्षेत्रमा देखिने जोखिमहरूको अध्ययन, मूल्याङ्कन, सुधार तथा व्यवस्थापनजस्ता साझा हितका कार्यमा सहकार्य गर्ने सम्झौताको मुख्य उद्देश्य रहेको छ ।
प्राकृतिक स्रोत संरक्षण, हरितगृह ग्यास उत्सर्जन, विषाक्त फोहोरको व्यवस्थापन, जलवायु नीति एवं वातावरणीय नियमहरूको पालना, ऊर्जा प्रयोग, फोहोर, प्रदूषण, सामाजिक रूपान्तरणसहित उत्तरदायित्वको बहन, जातीय, लैङ्गिक, यौन भेदभाव, समावेशीकरण, स्वास्थ्य एवं सुरक्षा, संस्था/कम्पनीहरूको आन्तरिक सुशासन र सेयरधारकप्रतिको जिम्मेवारी तथा उत्तरदायित्वलगायतका क्षेत्रमा लगानीको प्रभावका विषयमा कार्याशाला गोष्ठी, सेमिनार, अन्तक्र्रियाजस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यस्तै, संस्था/कम्पनीहरूले लगानी गर्दा ध्यान दिनुपर्ने विषयमा सचेतना अभिवृद्धिसहित वातावरणीय, सामाजिक तथा सुशासनको प्रवद्र्धनमा जोड दिने सम्झौतामा उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंक, विकास वित्तीय संस्थासहित अन्य सहयोगी एवं साझेदार संस्थासँगसमेत सहकार्य गरी पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन प्रणाली (ईएसएमएस) र विश्वव्यापी उत्कृष्ट अभ्याससम्बन्धी नीतिगत विषयमा सार्वजनिक–निजी बहस तथा पैरवी गरी कार्यान्वयन तथा सुधारका लागि सम्बन्धित निकायमा पहल गरिने समेत सम्झौतामा उल्लेख छ ।
सम्झौताअनुसार सीबीफिनले कुनै आर्थिक व्ययभार नपर्ने गरी बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिगो विकासका लागि सार्वजनिक–निजी संवाद, अध्ययन तथा अनुसन्धानका गतिविधिको सञ्चालन, ग्रिन फाइनान्सिङ, लगानीका क्षेत्रहरूको पहिचान, पुँजी निर्माण तथा लगानी प्रवद्र्धन, उत्पादनमूलक, रोजगारमूलक र निर्यातमूलक क्षेत्रमा लगानी विस्तार, एसएमइजको प्रवर्द्धन र वित्तीय समस्याहरूको समाधान जस्ता विषयमा बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी बहस पैरवी गर्नेछ । यस्ता गतिविधिले बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्नुका साथै संस्थागत प्रोफाइल बढाउनसमेत टेवा दिने अपेक्षा गरिएको छ ।
त्यसैगरी डोल्मा कन्सल्टिङले स्रोत व्यवस्थापन, ईएसजी गतिविधिलाई दिगो बनाउनका लागि क्षमता विकासका गतिविधिको तर्जुमा, सञ्चालन, व्यवस्थापन, अनुगमन तथा मूल्याङ्नसहित जानकारीको आदानप्रदान गर्ने कार्यहरू गर्नेछ भने आईआईएनले समग्र गतिविधिको कार्यान्वयनको समग्र पर्यवेक्षण, स्रोत पहिचान तथा परिचालन, ईएसजीको प्रवद्र्धन गर्न आवश्यक अन्य वकालतका कार्यहरू गर्नेछ ।
नेपाल सरकारको प्रचलित कानुनको अधिनमा रही सम्पन्न गरिएको सम्झौतापत्र प्रारम्भिक चरणमा एक वर्षका लागि कायम रहने र आवश्यकता एवम् औचित्यका आधारमा त्रिपक्षीय सहमतिमा थप अवधि विस्तार गरिनेछ । सीबीफिनको कार्यालय सुन्धारामा सम्पन्न गरिएको उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा सीबीफिनबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय, महासचिव राजनसिंह भण्डारी, कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुशप्रसाद मल्ली, महानिर्देशक डा गोपालप्रसाद तिवारी, डोल्मा कन्सल्टिङबाट लगानी निर्देशक दिपेन्द्र श्रेष्ठ र आईआईएनबाट रोशनी काफ्लेको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया