नबिल बैंकको नयाँ शाखा पुतलीसडकमा
काठमाडौं । नबिल बैंकले काठमाडौंको पुतलीसडकमा नयाँ शाखा खोलेको छ । पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा शुक्रबारदेखि नयाँ नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । शैक्षिक हवका रूपमा स्थापित सो क्षेत्रमा स्थापना गरिएको शाखाबाट विशेषगरी विद्यार्थीका लागि बैंकिङ पहुँच दिने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
शाखाको उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले गरेका हुन् । सो अवसरमा निर्देशक पौड्यालले शैक्षिक परामर्श हबका रुपमा परिचित पुतलीसडकमा स्थापित शाखाले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्र सेवा दिने बताए । शैक्षिक कर्जालगायत सबै बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा उद्घाटन गरिएको सीईओ ढुंगानाले बताए । उनले सेवाग्राहीको मागलाई सम्बोधन गर्नका लागि नयाँ शाखा विस्तार गरिएकोे जनाए । यो नबिलको दुई सय ५६ औँ शाखा हो ।
यस शाखाले विद्यार्थीकोे शैक्षिक गतिविधिका साथै वैदेशिक शिक्षाका लागि समेत बैंकिङ सुविधा दिने लक्ष्य राखिएको ढुंगानाले बताए ।
नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदातालाई सरल बैकिङ सेवा प्रदान गर्न सधैं तत्पर रहने बताए । उद्घाटन समारोहमा फेकनका अध्यक्ष वासुदेव नेपाल, इरिनका अध्यक्ष हेमन्त भट्टराई, एरी नेपालका अध्यक्ष महेशबाबु तिमिल्सिना, इक्यानका अध्यक्ष प्रकाश पाण्डे, नाएरका अध्यक्ष प्रेम पाण्डे र नेकाका अध्यक्ष सन्तोष प्याकुरेलका साथै युनिभर्सल ल्याग्वेजका संस्थापक उत्तम पन्तको सहभागी थिए । उनीहरूले विद्यार्थीलाई शैक्षिक गतिविधिका लागि चाहिने बैंकिङ सेवा नबिलले सहज वातावरणमा सरल किसिमले प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नियमित बैंकिङ सेवाका साथै शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्वार सेवा प्रदान गर्ने लक्ष्य बैंकको छ । शिक्षा हबका रुपमा रहेको नबिल बैंकको यस शाखाले आईएलटीएस, टोफेल, जीआरआई, एसईटीलगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्क, कलेज तथा विश्वविद्यालयमा ट्युसन शुल्क र अन्य शुल्कका लागि विदेशी मुद्रा विनिमयलगायतका सुविधा यो शाखाबाट पाइने बैंकले जनाएको छ ।
बैंकको कुल निक्षेप पछिल्लो हाल तीन खर्ब ७८ अर्ब रुपैयाँ छ भने कुल कर्जा तीन खर्ब ४० अर्ब छ । बैंकले देशभर कुल दुई सय ५६ वटा शाखा, दुई सय ८३ वटा एटीएम काउन्टमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया