Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्थतन्त्रबारे राय लिन चीनमा आर्थिक गोष्ठी

अर्थतन्त्रबारे राय लिन चीनमा आर्थिक गोष्ठी


चीन । चिनियाँ प्रधानमन्त्री ली छ्याङले देशको अर्थतन्त्रको बारेमा राय लिन आर्थिक गोष्ठी गरेका छन् । अर्थतन्त्रबारे विज्ञ र विद्वानहरुको राय लिन गोष्ठी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएकोे छ । उक्त बैठकमा उपप्रधानमन्त्री डिङ सुएङले पनि भाग लिएका थिए ।

गोष्ठीमा प्रधानमन्त्री लीले विज्ञहरुको राय सुनेपछि वर्षको सुरुदेखि नै चिनियाँ अर्थतन्त्रमा पुनरुत्थान र सुधारको प्रवृति देखिएको बताए । दीर्घकालीन वृद्धिका लागि चीनको ठोस आर्थिक आधारहरु अपरिवर्तित रहने कुरामा जोड दिँदै प्रधानमन्त्रीले रणनीतिक सन्तुलन कायम राख्दै दिगो विकासको प्रवद्र्धृन गर्ने बेला आएको बताए ।

आर्थिक वृद्धिलाई स्थिर गर्न, रोजगारी सुनिश्चित गर्न र जोखिमबाट जोगाउन लक्षित र समन्वयात्मक नीतिगत उपायहरु समयमै ल्याएर कार्यान्वयन गर्नुपर्ने बताए । कार्यक्रममा विज्ञहरुले चीनको आर्थिक विकासका लागि थप नीतिगत सुधार गर्दै जानुपर्नेमा जोड दिएका थिए । कोभिडको प्रभाव अझै पनि उद्योग र कारखानामा कायमै रहेको भन्दै त्यसको समाधानका लागि काम गर्न सुझाव दिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया