सर्लाहीमा करिब सात प्रतिशत रोपाइँ
सर्लाही । असार सकिनै लाग्दा सर्लाहीमा करिब सात प्रतिशत मात्रै रोपाइँ भएको छ । पर्याप्त वर्षा हुन नसक्दा जिल्लामा सिँचाइ सुविधा रहेको क्षेत्रमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार बाग्मती र मनुष्मारा सिँचाइ नहरको पानी लाग्ने क्षेत्रमा मात्रै धान रोपाइँ सुरु भएको हो ।
‘सिँचाइ सुविधा रहेको क्षेत्रमा मात्र धान रोपाइँ भएको छ, एक झर पर्याप्त पानी परे जिल्लाका सबै क्षेत्रमा रोपाइँ सुरु हुने थियो’, ज्ञान केन्द्रका प्रमुख यादवले भने । ४३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने सर्लाहीमा अधिकांश क्षेत्रमा आकाशे पानी कुरेर रोपाइँ गरिन्छ । बाग्मती र मनुष्मारा सिँचाइको नहरबाट केही क्षेत्रफलमा सिँचाइ हुने भए पनि धेरै क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्छ । यो वर्ष जेठको खडेरीले धानको ब्याड सुकेर नष्ट भएपछि अधिकांश किसानले दोहो-याएर ब्याड राख्नु परेको स्थानीयवासी भोला यादवले बताए । उनका अनुसार दोहो-याएर राखेको धानको ब्याड पनि रोप्नका लागि तयार भइसकेको छ तर पर्याप्त आकाशे पानी हुन नसक्दा कतिपय स्थानमा धान रोपाइँ सुरु नै हुन सकेको छैन ।
जिल्लाको लखन्देही, कालिञ्जोर, फूलजोर, बाँके, झिमलगायत खोलामा किसानले बाँध कसेर सिँचाइ गर्ने गरेको भए पनि यस वर्ष पर्याप्त पानी नपर्दा यी खोला पनि सुक्खा छन् । रोपाइँका लागि पर्याप्त आकाशे पानीको प्रतीक्षामा बस्दाबस्दै असार सकिन लागेका अर्का किसान राजीव महतोले बताए । केही किसानले पम्पसेट चलाएर पनि रोपाइँ गर्न सुरु गरेका भए पनि अधिकांश किसानले खेतमा जम्ने गरी पानी परेपछि मात्रै रोपाइँ सुरु गर्ने महतोले बताए । बिजुली पुगेको ठाउँमा बत्तीबाट पम्पसेट चलाउन सहजै हुन्छ तर बत्ती नपुगेको ठाउँमा डिजेलबाट चलाउँदा महँगो पर्न जाने गरेको हिरेन साहले बताए । यस क्षेत्रमा केही दिनदेखि हल्का वर्षा भइरहे पनि बग्ने गरी पानी पर्न सकेको छैन । सामान्य पानीले मकै, उखुलगायत बालीलाई भने फाइदा नै गरेको किसानहरूले बताएका छन् । धान रोपाइँका लागि प्रतीक्षा गरेअनुसार पर्याप्त पानी नपर्दा जिल्लाका किसान निराश देखिएका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- अब हामीले बोक्ने सवारी चालक अनुमतिपत्र कस्तो हुन्छ?
- इजरेली हमलामा दुईजना सैनिक मारिएपछि इरानले भन्यो : ‘हामीसँग प्रतिरक्षाको अधिकार छ’
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया