बैतेश्वरका किसानलाई हाते ट्र्याक्टर
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टर वितरण गरेको छ । पालिकाले तीनवटा वडामा छवटा हाते ट्र्याक्टर वितरण गरेको हो । लम्पी स्किन रोगले किसानले पालेका गोरु मर्ने तथा बिरामी हुने गरेपछि रोपाइँ गर्न समस्या नहोस् भनेर ट्याक्टर वितरण गरिएको पालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए ।
उनका अनुसार रोगले मुख्य प्रभावित गाउँ तथा वडाको अनुगमन गरी पहिलो चरणमा तत्कालका लागि वडा १, ७ र ८ मा गरी छवटा ट्र्याक्टर वितरण गरिएको हो । आगामी दिनमा पनि ट्र्याक्टर वितरण कार्यलाई निरन्तरता दिने उनले बताए । अध्यक्ष लामाका अनुसार पालिकामा महामारीको रूपमा फैलिएको लम्पी स्किन नियन्त्रण गर्न खोप र औषधि वितरण गर्नलाई दुई लाख रुपैयाँसमेत छुट्याएको छ । तर, यो रकम खोप र औषधिका लागि पर्याप्त नहुने उनले बताए । बैतेश्वर हालसम्म १५ सय ४० वटा गाईगोरु र भैँसीमा लम्पी स्किन रोग संक्रमण भएको छ भने सातवटा पशु मरेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन स् कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- अब हामीले बोक्ने सवारी चालक अनुमतिपत्र कस्तो हुन्छ?
- इजरेली हमलामा दुईजना सैनिक मारिएपछि इरानले भन्यो : ‘हामीसँग प्रतिरक्षाको अधिकार छ’
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया