सोलुखुम्बुमा सवारी आवागमन ७० प्रतिशतले घट्यो
सोलुखुम्बु । हिमाली जिल्ला सोलुुखुम्बुमा भित्रिने र बाहिरिने सवारीको संख्यामा उल्लेख्य कमी आएको छ । वर्षात् सुरु भएसँगै जिल्लामा ७० प्रतिशतभन्दा बढी सवारी आवागमन घटेको हो । साना तथा ठूला सवारीको आवागमनमा उल्लेख्य गिरावट आएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसअघि दैनिक ४० वटासम्म सुमो जिप जिल्लाबाट छुट्ने गरेकोमा असार लागेसँगै दैनिक १० वटा मात्रै आवतजावत हुने गरेको ट्राफिक प्रहरी सहायक हवल्दार सुदिन अधिकारीले जानकारी दिए । उनका अनुसार सुमो मात्रै नभई अहिले दुईपाङ्ग्रे सवारी र मालबाहक सवारी सञ्चालनको संख्यामा समेत झण्डै ७५ प्रतिशतले गिरावट आएको छ । सोलुबाट पूर्वका लागि र पूर्वबाट सोलु आउने गरेको बससमेत अहिले अनियमित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बर्खा लागेसँगै यात्रुको संख्या करिब ७० प्रतिशत घट्दा सवारी सञ्चालनमा चुनौती थपिएको दूधकोशी यातयात समितिका अध्यक्ष दोर्जी शेर्पाले बताए ।
विगतमा जिल्लाबाट दैनिक १७ वटासम्म जिप काठमाडौंका लागि छुट्ने गरेकोमा असारपछि ५/६ वटामा सीमिति बनेको उनको भनाइ छ । यतिखेर ट्रेकिङको सिजनसमेत नभएको र यात्रुहरू अतिआवश्यक कामबाहेक यात्रामा ननिस्कने भएकाले पनि सवारी सञ्चालनमा चुनौती थपिएको यातयात व्यवसायी रामबहादुर विश्वकर्माले बताए ।विगतमा जिल्लाबाट दैनिक १७ वटासम्म जिप काठमाण्डाँैका लागि छुटने गरेकोमा असारपछि ५/६ वटामा सिमिति बनेको उनको भनाई छ । यतिखेर ट्रेकिङको सिजन समेत नभएको र यात्रुहरु अतिआवश्यक काम बाहेक यात्रामा ननिस्कने भएकाले पनि सवारी सञ्चालनमा चुनौती थपिएको यातयात व्यवसायी राम बहादुर विश्वकर्माले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- अब हामीले बोक्ने सवारी चालक अनुमतिपत्र कस्तो हुन्छ?
- इजरेली हमलामा दुईजना सैनिक मारिएपछि इरानले भन्यो : ‘हामीसँग प्रतिरक्षाको अधिकार छ’
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया