गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति फेरबदल भएको छ । कम्पनीको सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेशप्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादवकुमार श्रेष्ठ र रमाकान्त बरालको राजीनामा स्वीकृत भएको कम्पनीले जनाएको छ ।
साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी रामप्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रूपमा नियुक्त भएका छन् । सञ्चालक समितिमा सदस्यहरूको हेरफेरपश्चात् कम्पनीमा दिपक पाण्डेय अध्यक्ष, माधवप्रसाद उपाध्याय, अनिल श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनिल रेग्मी सञ्चालक रहेका छन् । यसैगरी महेशप्रसाद काफ्ले र नगीमा श्रेष्ठ भने स्वतन्त्र सञ्चालक रहेका छन् । राजीनामा दिई स्वीकृत भएका सञ्चालकले संस्थाको व्यावसायिक तथा बहुआयामिक उन्नयनमा महत्वपूर्ण तथा अतुलनीय योगदान गरेको भन्दै कम्पनीले उनीहरूलाई सम्मान पनि गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया