प्रभु महालक्ष्मी लाइफको सीईओमा भट्टराई नियुक्त
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । बीमा प्राधिकरणले स्वीकृति दिएको दिएसँगै उनको नियुक्तिले वैधानिकता पाएको हो । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार यही असार २९ गते हुने निर्णय भइसकेको छ ।
दुवै कम्पनीबीचमा २०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो । दुवै सम्झौतामा महालक्ष्मीका सीईओ भट्टराईलाई मर्जरपछिको आगामी चार वर्षका लागि सीईओ नियुक्त गर्ने सहमति भएको थियो । सहमतिलाई प्रभु र महालक्ष्मी लाइफको जेठ २६ गते भएको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि फाइल प्राधिकरणमा पुगेको थियो । अहिले प्राधिकरणले उनको नियुक्तिलाई अनुमोदन गरेको हो ।
व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकालदेखिको प्रमुख कार्यकारी अधिकृत हुन् । २०३८ सालमा नेपाल बैंक लिमिटेडको अधिकृतबाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।
२०५२ मंसिर १५ गते वीरगञ्जमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथमपटक उनी संस्थापक प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भई काम गरिसकेका भट्टराई विगत २८ वर्षदेखि नेतृत्वदायी भूमिकामा रहेका छन् । उनले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेकाले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई पनि उचाइमा पु-याउने विश्वास कम्पनीले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया