चीन र युरोपेली संघबीच व्यापार असहमति बढ्दै
चीन । व्यापार असहमति, मानव अधिकार, युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलगायतका विषयलाई लिएर चीनले युरोपेली संघका विदेश मामिला र सुरक्षा नीतिका उच्च प्रतिनिधि जोसेप बोरेलको बेइजिङ भ्रमण रद्द गरिदिएको छ । बोरेल चिनियाँ विदेश मन्त्री छिन गङ र अन्य अधिकारीसँग वार्ता गर्न असार २५ गते बेइजिङ जाने कार्यक्रम थियो ।
चीनका लागि युरोपेली संघका राजदूत जर्ज टोलेडोले बोरेलको भ्रमण अहिलेलाई रद्द भएका बताएका छन् । युरोपेली संघले औपचारिकरूपमा नै चीनले बोरेलको भ्रमण रद्द गरेको जनाएको छ । यद्यपि संघले चिनियाँ पक्षले भ्रमण किन रद्द भयो भन्नेबारे नखुलाएको जनाएको छ ।
चिनियाँ र युरोपेली कूटनीतिज्ञबीच व्यापार, मानव अधिकार र रुस–युक्रेन जारी द्वन्द्वमा चीनको अडानलगायतका विषयमा मतभेद छ । यिनै विषयमा छलफल गर्न चीन जान लागेका बोरेलको भ्रमण छिट्टै नै नयाँ मितिमा हुने अपेक्षा गरिएको संघका प्रवक्ता नबिला मस्रालीले बताएकी छन् ।
चिनियाँ विदेशमन्त्रीका प्रवक्ता वाङ वेनबिनले दुवै पक्षलाई सहज हुनेगरी बोरेलको भ्रमणको नयाँ मिति छिट्टै तय हुने स्पष्ट पारेका छन् । उनले चीनले ईयूसँगको सम्बन्धलाई उच्च महत्व दिएको पनि बताएका छन् ।
युरोपेली संघका सदस्य राष्ट्रहरूको शिखर सम्मेलनले चीनबाहेक अन्य मुलुकबाट मात्रै महत्वपूर्ण सामग्री खरिद गर्ने रणनीतिमा समर्थन जनाएपछि बेइजिङ असन्तुष्ट बनेको छ । सम्मेलनले चिनियाँ व्यापार र आपूर्तिमा निर्भरता कम गर्ने निर्णय गरेको थियो ।
युरोपियन संघले चीनलाई युक्रेनबाट तत्काल विनासर्त सेना फिर्ता लैजान रुसलाई दबाब दिन आग्रह गर्दै आएको छ । रुस–युक्रेन युद्ध मामिलामा बोरेल चीनको अडानको कट्टर आलोचक हुन् । यस्तै, युरोपेली संघले ताइवानमाथि चीनले गर्दै आएको हस्तक्षेपको विषयलाई लिएर असहमति जनाउँदै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
- पुँजीगत खर्च बढाउन आग्रह
- विराटनगर भन्सारले गर्यो पूर्णकृष्ण ट्रेडर्सको सबै कारोबार रोक्का
- निर्यात अनुदान कार्यविधि संशोधन हुँदै
- छायादेवी सेन्टरको जग्गा विवाद २४ गते टुुङ्गिँदै
- धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया