कुुल विदेशी मुुद्रा सञ्चिति ११ खर्ब ३६ अर्ब आठ महिना आठ दिनको आयात धानिने
काठमाडौं,बैशाख १४
विदेशी मुुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बंैकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी पछिल्लो आठ महिनाको प्रतिवेदनअनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति नौ दशमलव चार प्रतिशतले बढेर २०७६ फागुन मसान्तमा ११ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँबराबर पुगेको हो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ फागुन मसान्तमा नौ अर्ब ६० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब दुई अर्ब ४४ करोड रहेकोमा २०७६ फागुन मसान्तमा नौ खर्ब ८३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बंैकबाहेकको बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ फागुन मसान्तमा एक खर्ब ५२ अर्ब ९६ करोड पुगेको छ ।
२०७६ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव तीन प्रतिशत रहेको छ ।चालू आवको आठ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र आठ महिना आठ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ, राष्ट्र बैंकले भनेको छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२ दशमलव आठ प्रतिशत, ७३ दशमलव एक प्रतिशत र २९ दशमलव छ प्रतिशत रहेका छन् ।
२०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेका थिए ।राष्ट्र बंैकका अनुसार अन्तर्राष्ट्रिय बजारमा २०७५ फागुनमसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ६६.१८ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७६ फागुन मसान्तमा ५० दशमलव एक प्रतिशतले घटी प्रतिब्यारेल अमेरिकी डलर ३३ कायम रहेको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७५ फागुनमसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १२९५.५५ रहेकोमा २०७६ फागुन मसान्तमा २० दशमलव छ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १५६२.८० पुगेको छ । यसैगरी २०७६ असार मसान्तको तुलनामा २०७६ फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ सात दशमलव सात प्रतिशतले अवमूल्यन भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ एक दशमलव पाँच प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १८ रुपैयाँ ४४ पैसा पुुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ रुपैयाँ ३६ पैसा रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महिला स्वास्थ्य स्वयंसेविकासँग शुल्क नलिन यातायात व्यवसायी सहमत
- मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन सप्तरीबाट १३ जनाको उद्धार
- विराटनगरमा हुन्डीको कारोबार फस्टाउँदै, प्रशासन मौन
- समसामयिक राजनीतिक व्यङ्ग्य
- दुई महिनामा ३५ अर्ब बढ्यो बैंकहरूको निक्षेप
- सेवा रेमिटको लाइसेन्स खारेज
- २५ करोड बढी कारोबार गर्ने चार सय करदाता केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध
- रवि र दुर्गा प्रसाईँ पक्राउपछि उदाङ्गिएको आईजी कुँवरको नैतिकता !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया